काठमाडौँ । दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चार जना चिकित्सक र स्वास्थ्यकर्मीलाई कोरोना पोजेटिभ देखिएपछि दुई दिनका लागि आकस्मिकसहितका सबै सेवा बन्द हुने भएका छन् ।
अस्पतालले अस्पताल परिसरलाई स्यानिटाइज गर्न दुई दिन सबै सेवा बन्द गरिएको जानकारी दिएको छ ।
जिल्लामा रहेका अन्य सरकारी र निजी अस्पतालहरुलाई यस अस्पतालबाट रिफर भएका विरामीलाई विशेष सुबिधासहित हेरविचार गर्न समेत अनुरोध गरेको छ ।
प्रतिष्ठानमा कार्यरत संक्रमित स्वास्थ्यकर्मीहरु सम्पर्कमै रहेको र उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।