• २०८१ जेठ ७ सोमबार

नेपाली युवा दिवेश अमेरिकन आइडलको उत्कृष्ट ११ मा

kharibot

काठमाडौँ । नेपाली युवा दिवेश पोख्रेल (अर्थरगन) रियालिटी शो अमेरिकन आइडलको उत्कृष्ट ११ मा पुगेका छन् ।

अमेरिकन आइडलको लाइभ शोमा छनौट भएर उनी उत्कृष्ट ११ मा छानिएका हुन् । यस अघि टप १० छानिदै आएको भएपनि यस पटक टप ११ छानिएको अमेरिकन आइडल आयोजकले जानकारी दिएका छन् । 

अहिले कोरोनाका कारण अनलाइन फरफरमेन्स गरिएका अर्थरले ‘जोन डेन्भर’ को ‘टेक मि होम, कन्ट्री रोड्स’ बोलको गीत गाएका थिए । यो गीत पछि भोटिङ र प्रस्तुतिको आधारमा दिवेशलाई अर्को राउण्डमा लगिएको हो ।

निर्णायकले पनि घरबाटै अनलाइनमा नै प्रतियोगीको प्रस्तुति हेरेका थिए । 

टप ११ मा पुगेपछि उनले फेसबुकमार्फत आफूलाई भोट गर्ने सबैलाई धन्यवाद दिदै आगामी दिनमा पनि उत्कृष्ट प्रस्तुति दिने प्रयास गर्ने बताएका छन् ।


सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै