• २०८१ भदौ २३ आइतबार

सरकारले संसदीय इतिहासमै अनौठो नजीर स्थापित गर्यो- कांग्रेस

kharibot

काठमाडौं । नेपाली कांग्रेसले सत्तापक्षले संसदीय इतिहासमै अनौठो नजीर स्थापित गरेको टिप्पणी गरेको छ । 

प्रधानमन्त्रीले विश्वासको मत लिएपछि संसद् भवन बाहिर सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै कांग्रेस प्रवक्ता डा. प्रकाश शरण महतले विरोध गरिरहेको अवस्थामा यसअघि कहिले पनि विश्वासको मत नलिइएको उल्लेख गर्दै अनौठो नजीरको संज्ञा दिएका हुन् ।

उनले भने- ‘प्रधानमन्त्रीले विश्वासको मत आजै लिनुपर्ने को कारण के ? उहाँले आजै विश्वासको मत लिन निर्णय गर्नुभयो । विपक्षी दलहरु वेलमा आएको अवस्थामा, संसद्मा आफ्ना कुराहरु राखेर विरोध गरिरहेको अवस्थामा कहिले पनि विश्वासको मत लिएको अवस्था छैन । संसदीय इतिहासमै अनौठो नजीर उहाँहरुले स्थापित गर्नुभएको छ ।'

डा. महतले सत्तापक्षले यस प्रकारको व्यवहारले सहकारी प्रकरणमा रवि लामिछानेमात्रै नभएर सत्तापक्षका धेरै नेताहरुको संलग्नता रहेको हुनसक्ने आशंका व्यक्त गरे । नेता महतले गृहमन्त्री लामिछानेको हिजो संसद्मा दिएको अभिव्यक्तिबाट उनी सहकारी ठगी प्रकरणमा संलग्न रहेको पुष्टि गरेको टिप्पणी गरेका छन् ।

कांग्रेसले अहिले विपक्षी दलहरुसँग छलफल गरिरहेको र केहि बेरमै संसदीय दलको बैठक बसेर आफ्नो धारणा सार्बजनिक गर्दै छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै