• २०८१ बैशाख २६ बुधबार

प्रिमियर लिगमा म्यान्चेस्टर सिटी र चेल्सीको शानदार जित

kharibot

काठमाडौँ । ईङलिश प्रिमियर लिग अन्तर्गत शनिबार भएको खेलमा म्यान्चेस्टर सिटी र चेल्सीले आआफ्ना खेल जितेका छन् ।

शनिबार भएको खेलमा म्यान्चेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ५-० ले पराजित गरेको छ । सिटीका लागि रहिम स्टर्लिङले दुई गोल गरेका थिए भने साने फाबियो डेल्फ र सर्जियो अग्युरोले एक एक गोल गरेका थिए । घरेलु मैदानमा खेलेको सिटीले क्रिस्टल प्यालेसलाई पुरा खेल भरिनै दबाबमा राखेको थियो ।

यो जित पछि सिटीको ६ खेलमा १६ अंक भएको छ ।

शनिबार नै भएको अर्को खेलमा चेल्सीले स्टोक सिटीलाई ४-० गोल अन्तरले नै पराजित गरेको छ । चेल्सीको जितमा अल्भारो मोराटाले ह्याट्रिक गरेका थिए । मोरटा चेल्सीका लागि ह्याट्रिक गर्ने १७औ खेलाडी बनेका छन् । चेल्सीका लागि चौथो गोल पेड्रोले गरेका थिए ।

जितसँगै चेल्सीको ६ खेलमा १३ अंक भएको छ ।    
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै