• २०८१ बैशाख १७ सोमबार

मिटू प्रकरणमा हार्वी वाइन्सटाइन दोषी, २५ बर्षसम्म जेल हुनसक्ने

kharibot

काठमाडौँ । हलिवुडमा फिल्म निर्माता हार्वी वाइन्सटाइनले अभिनेत्रीहरुलाई गरेको यौन शोषणको पुष्टी भएको छ ।

८० भन्दा बढी हलिवुड अभिनेत्रीलाई यौन शोषण गरेको आरोप लागेका हार्वीलाई पाँच पहिला र ७ पुरुष जजको प्यानलले पाँच दिनसम्मको बहस र छलफलपछि हार्वी यस प्रकरणमा दोषी रहेको निर्णय सुनाइएको बिबिसीले जनाएको छ ।

यस प्रकरणमा हार्वीलाई २५ बर्षसम्मको जेल सजाय हुनसक्ने बताइएको छ ।

उनी माथि अझै दुई महिलालाई बलात्कार गरेको केस लास एन्जल्समा चलिरहेको छ । तर अदालतले ६७ बर्षिय हार्वीलाई फर्स्ट डिग्री बलात्कारमा भने दोषी पाएको छैन ।

हार्वीको यौन शोषण एक पछि अर्को गर्दै खुल्दै गएपछि २०१८ मा यसले एक अभियानको रुप लिएको थियो । यसै घटनाको विरोधमा विश्वभर ‘मी टू’ नामक अभियान चलेको थियो ।

त्यसति प्रकरणलाई सबै भन्दा पहिला बाहिर ल्याउने न्युयोर्क टाइम्सलाई पुलित्जर पुरस्कार समेत दिइएको थियो ।

यस प्रकरणपछि ६७ बर्षिय हार्वीलाई उनको कम्पनिबाट मात्र निकालिएन उनलाई मानसिक रोगीको संज्ञा दिदै पुनरुत्थान केन्द्रमा समेत लागिएको थियो । तर उनले भने अभिनेत्रीहरुसँग उनीहरुकै मर्जीले सेक्स गरेको बताउदै आएका थिए ।

हार्वीलाई हलिवुडका चर्चित अभिनेत्री एन्जेलिना जोलीसहित ग्वीनेथ पाल्त्रोव जस्ता अभिनेत्रीले यौन शोषणको आरोप लगाएका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै