• २०८१ जेठ १ मंगलबार

बलिवुडमा मिटू क्याम्पियनले हलचल : एकपछि अर्को यौन शोषणको घटनाको खुलासा 

kharibot

मुम्बई। यौन शोषणविरुद्ध मिटू क्याम्पियनले अहिले बलिवुडमा एकपछि अर्को यौन शोषणको खुलासा भइरहेको छ।

केहि समयदेखि अभिनेत्री तनुश्री दत्ताले अभिनेता नाना पाटेकरमाथि यौन शोषणको आरोप अहिले पनि जारी छ। दुवैको विषय अहिले अदालत सम्म पुगेको छ। १० बर्ष अगाडीको यस घटनाले अहिले पुरै बलिवुड बाडिएको छ। अभिनेत्रीहरु प्रियंका चोपडा, काजोललगायत कैयौ अन्य सेलिब्रेटीहरुले तनुश्रीलाई समर्थन गरेका छन् भने कैयौ सेलिब्रेटीले अझै मुख खोलेका छैनन्। 

त्यस्तै अहिले चर्चित फिल्म निर्देशक विकास बहललाई उनकै फिल्म प्रोडक्सनमा काम गर्ने महिलाले यौन शोषणको आरोपले बलिवुड फेरी हल्लिएको छ। सुपरहिट फिल्म क्विन फिल्म निर्देशन गरेका विकासलाई ति महिलाले लगाएको आरोपले उनी थप मुश्किलमा पर्ने देखिएको छ। ति महिलाले सन् २०१५ मा गोवामा एक पार्टीपछि विकासले आफुलाई यौन शोषण गरेको आरोप लगाएकी छन्।  

उनकै कम्पनीमा पार्टनर रहेका निर्देशक अनुराग कश्यपले पनि विकासको यौन शोषण प्रकरणमा विकासले गल्ति गरेको बताएका छन्।        

क्विन फिल्मकी प्रमुख अभिनेत्री कंगना रनावातले विकास बारे खुलासा गर्दै पिडित महिलाको समर्थन  गरेकी छन्। उनले भनेकी छन्, 'जब हामीले क्विन फिल्म सुटिंग गरिरहेका थियौ त्यति बेला विकास विवाहित भएपनि हरेक दिन नयाँ पार्टनरसँग शारीरिक समबन्ध बनाएको चर्चा गर्ने गर्दथे, म पिडित महिलाको पुरा समर्थन गर्दछु।'

त्यस्तै चर्चित गायक कैलाश खेरलाई पनि मुम्बई र एक विदेशी पत्रकारएल आफुहरुलाई यौन शोषण गरेको आरोप लगाएका छन्। उनीहरुले अन्तर्वार्ताका क्रममा खेरले आफुहरुलाई अनावश्यक रुपमा छुने गरेको उनीहरुले खुलासा गरेका छन्।

त्यस्तै बलिवुडमा चर्चित हास्य ग्रुप एआइबिका एक सदस्य उत्सव चक्रवर्तीले पनि बालिकालाई यौन शोषण गरेको खुलासा भएपछि उनको समुह एआइबिले सार्वजनिक रुपमा माफी मागेको छ। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै