• २०८१ जेठ १ मंगलबार

साजिद खानलाई फेरी मिटूको आरोप !

kharibot

काठमाडौँ । भारतीय चलचित्र निर्माता निर्देशक साजिद खानलाई पुन: एक पटक एक मोडललाई उत्पीडन गरेको आरोप लागेको छ ।

भारतीय मोडल पाउलाले साजिद खानले आफुलाई १७ वर्षको उमेरमा उत्पीडन गरेको आरोप लगाएकी छिन् ।

मोडेल पउलाको अनुसार खानले आफुलाई हाउसफुलको फ्रेन्चाईजमा काम दिने आश्वासन दिदै शोषण गरको आरोप लगाएकी छिन् ।

मोडेल पउलाले यसै हप्ता एक पोष्टमार्फत साजिदले उनलाई १७ वर्षको उमेरमा उत्पीडन गरेको कुरा खुलासा गरेकी छिन् ।

पउलाले लाखेकी छिन्, 'जब ह्यासट्याग मिटु अभियानको सुरुवात भयो तब म बोल्न डराएकी थिए । त्यस समयमा साजिदको विरुद्धमा बोल्न सकेको थिइन किनभने यस उद्योगमा मेरो कुनै गडफादर थिएन र मेरो कमाईले घर चलाउनु पर्ने थियो । अहिले मेरो आमा बुबा मसंग हुनुहुन्न त्यसैले म स्वतन्त्र भएकी छु । म नडराई भन्न सक्छु कि साजिद खानले मलाई १७ वर्षको उमेरमा शोषण गरेका थिए ।'

उनले टप पोष्टमा लेखेकी छिन्, 'साजिद खानको व्यवहारले मलाई निकै प्रभाव परेको थियो ।'

उनी आफु चुप बसेको कुरामा निकै पछुतो भएको बताएकी छिन्, उनी भन्छिन्, 'साजिद जस्तो खराब मानिस जसले हाम्रो सपनालाई खोस्ने तथा प्रभाव गर्ने काम गर्छ त्यसलाई जेलमा बन्द गर्नुपर्छ र कास्टिंग काउचलाई निरन्तरता दिने मानिसलाई सजाय हुनुपर्छ ।'

साजिदलाई यस्तो आरोप लागेको भने पहिलो पटक होइन ।

भारतको मिटु अभियानका क्रममा उनलाई यौन दुर्व्यबहार गरेको आरोप लागेको थियो । उनी महिला कलाकारको शोषण गर्ने प्रमुख निर्माताको रुपमा बाहिर आएको थियो ।

मिटु अभियानमा उनको नाम मुछिएपछि नायक अक्षय कुमारले हाउसफुल ४ मा साजिद खानसंग काम गर्न अस्वीकार गरका थिए ।

उनले सजिद खान निर्दोष भए भविष्यमा पुन कम गर्न सक्ने बताएका थिए । सो आरोपपछि साजिद हाउसफुल-४ बाट बाहिरिएका थिए । 

भारतको पछिल्लो मि टु अभियानमा साजिद खानलाई एक महिला पत्रकार तथा तीन अभिनेत्रीले उत्पीडन गरेको आरोप लगाएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै