• २०८१ जेठ १ मंगलबार

संस्कारी बाबु अलोकनाथको मुश्किल बढ्दै, पर्दाकी छोरीले लगाइन् उत्पीडनको आरोप 

kharibot

मुम्बई। यौन शोषणको मिटू क्याम्पियन अन्तर्गत बलिवुडमा एकपछि अर्को खुलासा भइरहेका बेला भारतका चर्चित टेलिभजन अभिनेता तथा 'संस्कारी बाबु' उपनामले चिनिने आलोकनाथको मुश्किल बढिरहेको छ। 

आलोकनाथलाई ८०-९० को दशककी चर्चित टेलिभिजन लेखिका तथा निर्देशक विन्टा नन्दाले बलात्कारको आरोप लगाएपछि पर्दामा उनकै छोरीको भूमिकामा अभिनय गरेकी सन्ध्या मृदुलले पनि आलोकनाथमाथि जबर्जस्ति गरेको आरोप लगाएकी छन्। 

सन्ध्याले आफुलाई आलोकनाथले रक्सि खाएर राति आफ्नो कोठामा आउने गरेको घटना उल्लेख गर्दै टेलिभिजन शो का अन्य कलाकारले आफुलाई बचाएको उल्लेख गरेकी छन्। उनले आलोकनाथले आफुलाई भगवानको बच्चा भन्ने गरेको तर नशाले चुर आलोकनाथले आफुलाई सो सुतिंग भरि नै दुर्व्यबहार गरेको बताएकी छन्। उनले यो घटना सिरियलसँग सम्बन्धित धेरैलाई थाहा भएको बताएकी छन्।    

सन्ध्याले लेखिका तथा निर्देशक नन्दालाई समर्थन गर्दै आलोकनाथ कस्तो मानिस हो भन्ने कुरा धेरैलाई थाहा भएको बताएकी छन्। 

नन्दाले फेसबुकमा लामो स्ट्याटस लेख्दै आलोक नाथको नाम सिधै नलेखेपनि 'संस्कारी' को उपनाम पाएका अभिनेताले आफुलाई बलात्कार गरेको उल्लेख गरे पछि आलोकनाथको यौन शोषणको घटना बाहिर आएको थियो। 

बलिवुडमा हरेक दिन एक पछि अर्को यौन शोषण र उत्पीडनका घटना बाहिर आइरहेका छन्। हालै लेखक चेतन भगतलाई यौन उत्पीडनको आरोप लागेको छ।ह्वाट्सएपमा चेतनले एक महिलासँग गरेको कुराकानीको स्क्रिनशट भाइरल भएपछि सो खुलासा भएको हो।  ति महिलाले विवाहित चेतनले आफुसँग गरेको कुराकानीको स्क्रिनशट सामाजिक संजालमा अहिले भाइरल भएकोथियो।  

धेरै जसो विवादित बयानबाट मिडियामा आइरहने चेतनले सो स्क्रिन शट सार्वजनिक भएपछि तुरुन्तै सामाजिक संजालमार्फत माफी माग्दै सो कुराकानी आफुले गरेको स्वीकार गरेका छन्। उनले त्यो घटना बारे दुख व्यक्त गर्दै सो कुराकानी धेरै बर्ष पहिलेको भएको बताएका छन्। चेतनले आफुलाई ति महिला विशेष लाग्ने गरेको उल्लेख गर्दै उनि विवाहित भएपनि आफुलाई सबै भन्दा अलग लागेको बताएका छन्। साथै चेतनले आफ्नी पत्नी अनुषासँग पनि माफी मागेका छन्। ति महिलासँग केहि शारीरिक या आपत्तिजनक  बताउदै उनले ति महिलासँग कहिल्लै भेट भने नभएको बताएका छन्। 

बलिवुडमा केहि साता अगाडी अभिनेत्री तनुश्री दत्ताले अभिनेता नाना पाटेकरलाई यौन शोषणको आरोप लगाएपछि एकपछि अर्को गर्दै यौन शोषणका  भएका छन्। चर्चित निर्देशक विकास बहललाई  उनकै कम्पनीमा काम गर्ने महिलालाई यौन शोषण गरेको आरोप लागेको छ भने विकासलाई अभिनेत्री कंगना रनावतले पनि यस्तै आरोप लगाएकी छन्।  

कंगनाले हालै दिएको एक अन्तर्वार्तामा विकाससँग भेट हुदा उनले आफुलाई हग गर्ने र उनको अंगालोबाट निस्किन धेरै संघर्ष गर्नु परेको आफ्नो अनुभव सार्वजनिक गरेकी छन्। कंगनाले विकासलाई यौन शोषणको आरोप लगाउने महिलाको समर्थन गरेकी छन्। 

बलिवुडमा गायक कैलाश खेरलाई पनि महिला पत्रकारहरुले यौन शोषणको आरोप लगाएका छन् । बलिवुडमा हरेक दिन यौन शोषणका घटनाको खुलासा भइरहेका छ । जस अन्तर्गत अन्नु मल्लिक, शक्ति कपुर, सुभाष घई लगायतलाई यौन शोषणको आरोप लागेको छ।    

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै