• २०८१ जेठ ६ आइतबार

कर्पोरेट सुपर सिक्सेसको दोस्रो दिन १० खेल सम्पन्न

kharibot

काठमाडौँ । काठमाडौँमा जारि माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सेस प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा सुबिसु, सिभिल बैंक, माछापुच्छ्रे बैंक, एनआईसी एसिया बैंक, कामना सेवा विकास बैंक, नबिल बैंक, नेपाल टेलिकम, सेन्चुरी बैंक र कुमारी बैकले जित हात पारेका छन् । 

दिनको पहिलो खेलमा सुबिसुले नबिल बैंकलाई १ रनले पराजित गर्यो । सुबिसुले दिएको ६१ रनको लक्ष्य पछ्याउने क्रममा नबिलले निर्धारित ५ ओभरमा ४ विकेट गुमाएर ५९ रन मात्र बनाउन सक्यो । खेलको प्लेयर अफ द म्याच चुनिएका सुबिसुका दमन चन्दले अन्तिम ओभरमा उत्कृस्ट बलिंग गर्दै टिमलाई जित दिलाए । 

दोश्रो खेलमा सिभिल बैंकले प्राइम कमर्सियल बैंकलाई ११ रनले पराजित गर्यो। सिभिलले दिएको ६३ रनको लक्ष्य पछ्याउने क्रममा प्राइमले ५१ रन मात्र बनाउन सक्यो । खेलको प्लेयर अफ द म्याच चुनिएका सिभिल बैंकका रजिभ श्रेष्ठले २५ रन बनाउनुको साथै १ विकेट समेत लिए । 

दिनको तेश्रो खेलमा माछापुच्छ्रे बैंकले सुर्य नेपाललाई ५ रनले पराजित गर्यो। माछापुच्छ्रेले दिएको ६० रनको लक्ष्य पछ्याउने क्रममा सुर्य नेपालले निर्धारित ५ ओभरमा ५४ रन मात्र बनाउन सक्यो । खेलको प्लेयर अफ द म्याच माछापुच्छ्रे बैंकमा बिबभ राज जोशी चुनिए जसले १८ रन बनाए । 

दिनको चौथो खेलमा एनआईसी एसिया बैंकले नेपाल राष्ट्र बैंकलाई ९ रनले पराजित गर्यो । एनआईसी एसियाले दिएको ७३ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल राष्ट्र बैंकले ६३ रन मात्र बनाउन सक्यो । खेलको प्लेयर अफ द म्याच चुनिएका माछापुच्छ्रे बैंकका रामनाथ गोस्वामीले ३ विकेट लिनुको साथै १७ रन समेत बनाए । 

दिनको पाँचौ खेलमा सिभिल बैकले दोश्रो जित दर्ता गर्ने क्रममा नेपाल लाइफ इन्सुरेन्सलाई ५२ रनले पराजित गर्यो । सिभिल बैंकले दिएको ९५ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल लाइफ इन्सुरेन्सले ४२ रन मात्र बनाउन सक्यो ।  खेलको प्लेयर अफ द म्याच चुनिएका सिभिल बैंकका भोला बहादुर बिस्टले ३१ रन बनाउनुको साथै २ विकेट समेत लिए । 

दिनको छैठौं खेलमा कामना सेवा विकास बैंकले द काठमाडौँ पोस्टलाई ३७ रनले पराजित गर्यो । कामनाले दिएको १०२ रनको लक्ष्य पछ्याउने क्रममा काठमाडौँ पोस्टले ६४ रन मात्र बनाउन सक्यो । खेलको प्लेयर अफ द म्याच चुनिएका कामना सेवा विकास बैंकका हेमन्त श्रीवास्तवले ४६ रन बनाउनुको साथै १ विकेट समेत लिए । 

दिनको सातौँ खेलमा नबिल बैंकले सुबिसुलाई ५ विकेटले पराजित गर्यो । सुबिसुले दिएको ६३ रनको लक्ष्य नबिलले १ विकेट गुमाएर ४.३ ओभरमा पुरा गर्यो । खेलको प्लेयर अफ द म्याच चुनिएका नबिल बैंकका अमित पोखरेलले २९ रन बनाए । 

दिनको आठौँ खेलमा नेपाल टेलिकमले एनसेल 'बि' लाई १८ रनले पराजित गर्यो । नेपाल टेलिकमले दिएको ६२ रनको लक्ष्य पछ्याउने क्रममा एनसेल 'बि' ले ४३ रन मात्र बनाउन सक्यो । खेलको प्लेयर अफ द म्याच चुनिएका नेपाल टेलिकमका प्रविन नेपालीले २ विकेट लिए । 

दिनको नवौं खेलमा सेन्चुरी बैंकले एनआईसी एसिया बैंकलाई ६ विकेटले पराजित गर्यो । एनआईसी एसिया बैंकले दिएको ६३ रनको लक्ष्य सेन्चुरीले विकेट नगुमाई पुरा गर्यो । खेलको प्लेयर अफ द म्याच चुनिएका सुरज तिमिल्सिनाले ३३ रन बनाउनुको साथै २ विकेट लिए । 

दिनको दशौँ तथा अन्तिम खेलमा कुमारी बैंकले द काठमाडौँ पोस्टलाई ५ विकेटले पराजित गर्यो । द काठमाडौँ पोस्टले दिएको ४९ रनको लक्ष्य कुमारीले १ विकेट गुमाएर पुरा गर्यो । खेलको प्लेयर अफ द म्याच चुनिएका सर्भाग्य थापाले २ विकेट लिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै