• २०८१ बैशाख १८ मंगलबार

प्याराडाइज पेपर्स लिकमा हलिउड पनि अछूतो रहेन, तानिए चर्चित सेलिब्रेटीहरु

kharibot

तस्बिर : Guardian/Reuters/Rex/Getty

हलिउड । केही दिनअघि मात्र लिक भएको प्याराडाइज पेपर्सले हलिउडलाई तानेको छ । हलिउडका चर्चित सेलिब्रेटीहरु कर छली प्रकरणमा तानिएका हुन् । पपगायिका शाकिरा, अभिनेता निकोल किडम्यान, संगीतकार जष्टिन टिम्बरलेक, गायिका म्याडोना, मार्था स्टेवार्ट, चर्चित यौनकाण्डका नायिके हार्वे वेइनष्टाइन प्याराडाइज पेपर्समा मुछिएका अन्तर्राष्ट्रिय मिडियाहरुले जनाएका छन् ।

उक्त सेलिब्रेटीहरुले बहमास लगायत ट्याक्स हेभन देशमा सम्पत्ति राखेको खुलासा भएको हो । हलिउडमा यौनकाण्डले तहल्का पिटिरहेका बेला उक्त काण्डका मुख्य पात्र हार्वे वेइनस्टाइनले बर्मुडामा रहेको मेडिकल फर्म साइन्टिया हेल्थ ग्रुप लि.मा दुई हजार सेयर सन् २००१ नोभेम्बरमा खरिद गरेको लिक फाइलले खुलासा गरेको छ ।

त्यस्तै लाइफस्टाइलका गुरु मानिने मार्था स्टेवार्टले पनि साइन्टियामा लगानी गरेको खुलेको छ । उनले पनि सन् २००१ डिसेम्बरमा २ लाख ३० हजार डलरको सेयर बेचेको खुलेको छ । यद्यपि उनले बर्मुडामा विगतमा गरेको लगानीबारे केही बताएकी छैनन् । यो काण्डमा मुछिनेमा अर्का सेलिब्रेटी म्याडोना पनि रहेकी छिन् । बर्मुडामा रहेको कम्पनी सेफगार्ड मेडिकल लि. मा सन् १९९८ मा उनले दुई हजार सेयर खरिद गरेको बताइएको छ । तर उनले सन् २०१३ मै बेचिसकेको बताइएको छ ।

पपगायिका शाकिरा, अभिनेता निकोल किडम्यान, संगीतकार जष्टिन टिम्बरलेक, गायिका म्याडोना, मार्था स्टेवार्ट, चर्चित यौनकाण्डका नायिके हार्वे वेइनष्टाइन प्याराडाइज पेपर्समा मुछिएका छन् ।

त्यस्तै म्युजिसियन (संगीतकार) जष्टिन टिम्बरलेकले बहमासमा रियल स्टेटमा सम्बन्धित रहेको लिक भएका फाइलले देखाएको छ । टिम्बरलेकले सन् २०१५ मा एउटा डेलावेयर कम्पनी खोलेका थिए जसको उद्देश्य बहमासमा घरजग्गा कारोबारमा संलग्न हुनु रहेको खुलेको छ । अर्का अभिनेत्री निकोल किडम्यान र संगीतकार श्रीमान केथ अर्बानले पनि ट्याक्स हेभन टापुमा सम्पत्ति किनबेच गरेको खुलेको छ ।

यस्तै चर्चित कोलम्बियन गायिका शाकिरा पनि प्याराडाइज पेपर्स लिकमा समावेश भएकी छिन् । १३ वर्षको उमेरमै एल्बम निकालेकी ग्राम्मी अवार्ड विजेता शाकिरा बार्सिलोनामा बस्ने भए पनि बहमासकी नागरिकको रुपमा पेपर्सले खुलासा गरिदिएको छ । उनी टर्नसोल लिमिटेडको सेयरसदस्य रहेको खुलेको छ । माल्टाको उक्त कम्पनीको सेयरपुँजी तीन मिलियन युरो रहेको छ ।

भर्खरै युरोपियन युनियनमा सदस्य बनेको यो देशमाथि ट्याक्स हेभन चलाएको आरोप लाग्ने गरेको छ । प्याराडाइज पेपर्सले सन् २००९ जुनमा शाकिराले आफ्ना सम्पत्ति टर्नसोलमा लगेको खुलेको छ । सोही समयमा माल्टामा रहेको कम्पनीले सेयर पुँजी ३१ मिलियन पुर्याएको खुलासा भएको छ । यद्यपि शाकिराकी निजी वकिलले भने सबै प्रक्रिया कानुनअनुसार पूरा गरिएको स्पष्टीकरण दिएका छन् ।

  • एजेन्सीको सहयोगमा ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै