• २०८१ बैशाख २६ बुधबार

उत्तर कोरियामा बालबालिकाले हलिउड फिल्म हेरेमा जेल सजायको चेतावनी

kharibot

काठमाडौँ । उत्तर कोरियामा बालबालिकालाई हलिउड फिल्म वा सिरिज हेर्न प्रतिबन्ध लगाइएको छ । उत्तर कोरियाको सरकारले हलिउड वा दक्षिण कोरियाको कुनै पनि चलचित्र हेरेमा बालबालिकालाई ५ वर्षसम्मको सजाय र अभिभावकले ६ महिनाको ज्याला तिर्नुपर्ने घोषणा गरेको छ ।

प्योङयाङमा भएको बैठकमा नयाँ कानूनको घोषणा गर्दै अभिभावकले आफ्ना छोराछोरीले बेलाबेलामा के हेरिरहेका छन् भन्ने कुरामा ध्यान दिनु पर्ने बताइएको छ । आमाबाबुले छोराछोरीलाई घरमा राम्ररी हुर्काउन सकेनन् भने उनीहरू पूँजीवादको प्रशंसा गर्दै र समाजविरोधी बन्छन् भन्दै उत्तर कोरियामा नयाँ कानूनको बारेमा चेतावनी जारी गरिएको छ । 

नयाँ कानुनअनुसार कसैले आफ्ना छोराछोरीलाई विदेशी फिल्म वा शो हेर्न दिएमा कडा सजाय हुनेछ । अहिलेसम्म बालबालिकाका अभिभावकलाई चेतावनी दिएर छाड्ने गरेको भए पनि नयाँ कानुनमा पहिलो पटक कसुर गरेमा पनि बालबालिका र अभिभावकलाई कडा कारबाही गरिने भएको छ ।

यो चेतावनी चलचित्रहरूमा मात्र सीमित छैन। उत्तर कोरियामा खासगरी दक्षिण कोरियाबाट आएका कुनै विदेशीले परम्परागत नृत्यको बारेमा नाच, गाउँदै वा कुरा गरेको पाइएमा उसलाई र उनका आमाबुवालाई ६ महिनाको सजाय हुनेछ ।

यसअघि डिसेम्बर ६ मा उत्तर कोरियामा उच्च विद्यालयमा अध्ययनरत दुई बालबालिकालाई मृत्युदण्ड दिइएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । रेडियो फ्री एशियाको रिपोर्ट अनुसार दुवै विद्यार्थीको उमेर १५–१६ वर्ष थियो । उनलाई भीडको अगाडि सार्वजनिक रूपमा गोली हानिएको थियो । दुवै विद्यार्थीले आफ्ना साथीहरुलाई धेरै कोरियन नाटक पनि बाँडेका थिए । वास्तवमा, उत्तर कोरिया र दक्षिण कोरिया बीच तनाव छ । जसका कारण उत्तर कोरियाका जनताले दक्षिण कोरियामा बनेका कार्यक्रम र चलचित्र हेर्न पाउँदैनन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै