• २०८१ बैशाख १६ आइतबार

अजय देवगनको 'दृश्यम' को हलिउड रिमेक हुने

kharibot

मुम्बई । बलिउडको सुपरहिट फिल्म ‘दृश्यम’ अजय देवगनका लागि लक्की चार्मभन्दा कम छैन ।  सन् २०२४ अजय देवगनका लागि निकै भाग्यशाली सावित भएको छ । यो वर्ष फेरि अजय देवगनका फ्यानका लागि खुसीको खबर ल्याएको छ । अभिनेताको सबैभन्दा सफल फ्रेन्चाइजी मध्ये एक ‘दश्यम’ ले ठूलो सफलता हासिल गरेको छ।

भारत र चीनको बजारमा प्रभुत्व जमाउन सफल भएपछि अब यो कल्ट फ्रेन्चाइजी  ‘दृश्यम’ विश्वव्यापी रुपमा आफ्नो जादु चलाउन तयार छ । अब यो फिल्म हलिउडमा पनि आफ्नो जादू चलाउन तयार भएको खबर छ । मनोरञ्जन उद्योगका ट्र्याकर तथा स्तम्भकार श्रीधर पिल्लईले आफ्नो ट्विटमार्फत यो जानकारी दिएका हुन ।

श्रीधर पिल्लैले आफ्नो ट्विटमा लेखेका छन्, ‘दृश्यम फिल्मका निर्माता कुमार मंगत पाठक र अभिषेक पाठकले कान्स फिल्म फेस्टिभल २०२३ मा थ्रिलर फ्रेन्चाइजको कोरियन रिमेकको घोषणा गरेपछि पानोरमा स्टुडियोले गल्फ स्ट्रिम पिक्चर्स र जोट फिल्म्ससँग मिलेर हलिउडमा ‘दृष्यम’ निर्माण गर्ने भएका छन, उनीहरूले सहकार्यका लागि हात मिलाएका छन् ।

गल्फ स्ट्रीम पिक्चर्सका सह–संस्थापकहरू माइक कर्ज र बिल बिन्डले हुन्। गल्फस्ट्रिम पिक्चर्सले धेरै सुपरहिट रोमान्टिक कमेडी हलिउड फिल्महरू बनाएको छ।’

पानोरमा स्टुडियोले दृश्यम १ र २ का मूल निर्माताबाट फिल्मको अन्तर्राष्ट्रिय अधिकार खरिद गरेको छ । जसका कारण अब दृश्यम फिल्म अमेरिका र कोरियाबाहेक अन्य धेरै भाषामा बन्न पाइने भएको छ । यसबाहेक फिल्मको स्पेनिस संस्करणका लागि पनि चाँडै नै सम्झौता हुँदैछ ।

पानोरमा स्टुडियोका प्रबन्ध अध्यक्ष तथा प्रबन्ध निर्देशक कुमार मनोज पाठकले दृश्यम फ्रेन्चाइजीको सफलताको बारेमा ट्वीटरमा पोस्ट सेयर गरेका छन् । उनले आफ्नो पोस्टमा दृष्यम फिल्मले निकै चलाखीपूर्वक बजारमा आफ्नो स्थान बनाएको लेखेका छन् । यो फिल्मको अहिले विश्वभरबाटै माग भइरहेको छ । दृश्यम फिल्मको सफलताको कारण फिल्मको बलियो कथा हो, जसले विश्वभरका निर्देशक र कलाकारको ध्यान खिचेको छ । 

दर्शकलाई चाहिने सबै कुरा यो फिल्ममा छ । जस्तै हाई एंड ड्रामा, भावना, लडाई, सस्पेन्स। जसका कारण आज यो फिल्मले सफलता हात पार्न सफल भएको छ । यस मलयालम फिल्मको रिमेकले हिन्दी, कन्नड, तेलुगु, तमिल, सिंहली र चिनियाँलगायत धेरै भाषाहरूमा पनि सफलतापूर्वक प्रदर्शन भइसकेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै