• २०८१ जेठ ८ मंगलबार

कोरोना महामारीमा हलिउड अभिनेत्रीको आम्दानी कति ?

kharibot

अभिनेत्री स्कार्लेट जोहानसन

काठमाडौं । पछिल्लो दुई वर्ष कोरोना महामारीले हलिउडलाई पनि पूर्ण रुपमा प्रभावित बनायो । तर, यसको बाबजुद पनि हलिउडका केही अभिनेत्रीले कोरोना कालमा राम्रो कमाइ गरे । हलिउडका यी अभिनेत्रीहरूको कमाई बलिउडका अभिनेत्रीको भन्दा धेरै अगाडि छ ।

यहाँ सन् २०२१–२०२२ मा स्कार्लेट जोहानसन, एञ्जेलिना जोली, गेल गेडोतलगायतका सर्वाधिक कमाउने अभिनेत्रीहरूको कमाइ प्रस्तुत गरिएको छ ।

३६ वर्षीया अभिनेत्री स्कार्लेट जोहानसन सन् २०१८ पछि सर्वाधिक कमाउने अभिनेत्रीको शीर्ष स्थानमा पुगिन् ।

उनको यो सफलताको कारण अभिनयप्रति उनको प्रेम र हरेक वर्ष रिलिज भएका फिल्म हिट हुनु हो । उनले ‘ब्ल्याक विडो’, ‘द एवेञ्जर्स’, ‘अण्डर द स्किन’ जस्ता कैयौं ठूला फिल्ममा अभिनय गरिन् । उनले ५ करोड ६० लाख डलर कमाइन् ।

अभिनेत्री, निर्मात्री तथा कार्यक्रम प्रस्तोता सोफिया वेरगारा सर्वाधिक कमाउने अभिनेत्रीको सूचीको दोस्रो स्थानमा छिन् । उनले ४ करोड ३० लाख डलर आम्दानी गरिन् ।

सोफिया ‘अमेरिका गट ट्यालेण्ट’मा निर्णायक र हलिउडको एक सफल निर्माता हुन् । कोलम्बिया–अमेरिकी मूलकी अभिनेत्री सोफियाले विज्ञापन, सुटिङ र कैयौं व्यापारिक लगानीमार्फत कमाउने गर्छिन् ।

‘गोल्डन ग्लोब अवार्ड’ विजेता रिज विदरस्पुनले गत वर्ष ३ करोड ५० लाख डलर कमाइन् । उनी एक सफल व्यवसायी महिला हुन् । उनी ९० को दशकमा सर्वाधिक रुचाइएको लोकप्रिय अभिनेत्रीमा पर्छिन् ।

अभिनेत्री एञ्जेलिना जोली विश्वभर लोकप्रिय र मन पराइएकी अभिनेत्रीमा पर्छिन् । उनले ३ करोड ५५ लाख डलर कमाइन् । उनी पछिल्लो पटक गत वर्ष नोभेम्बरमा रिलिज फिल्म ‘द इटर्नल्स’मा देखिएकी थिइन् ।

१८ वर्षको उमेरमा ‘मिस इजरायल’को ताज जितेकी अभिनेत्री गेल गेडोट विश्वभर भर्सटायल र रुचाइएकी अभिनेत्रीमा पर्छिन् । सन् २०२० मा रिलिज उनको फिल्म ‘वण्डर वुमन–१९८४’ सर्वाधिक रुचाइएको थियो । उनले एक वर्षमा ३ करोड १५ लाख डलर कमाइन् ।

अभिनेत्री जुलिया रोबर्टसले हालसम्म तीनवटा ‘गोल्डन ग्लोब अवार्ड’ जितेकी छन् । उनले एक वर्षमा ३ करोड डलर कमाइ गरिन् ।

अभिनेत्री जेनिफर लरेन्स सन् २०१५ र २०१६ मा सर्वाधिक कमाउने अभिनेत्रीमा परेकी थिइन् । उनले गत वर्ष दुई करोड ८० लाख डलर कमाइ गरिन् ।

५२ वर्षकी अभिनेत्री जेनिफर एनिस्टन ‘फ्रेण्डस’को हिस्सा थिइन् । यो शो विश्वभर लोकप्रिय शोमा गनिन्छ । उनले पनि गत वर्ष दुई करोड ८० लाख डलर आम्दानी गरिन् ।

यस्तै अभिनेत्री मेलिसा मेक्कार्थी र केली कुओकोलेले गत बर्ष २ करोड ५० लाख डलर, कमाई गरेका थिए ।

 

त्यस्तै मेरिल स्ट्रिपले २ करोड ४० लाख डलर, मार्गोट रोबीले २ करोड ३५ लाख डलर, शार्लीज थेरोनले २ करोड ३० लाख डलर, एमिली ब्लण्टले २ करोड २५ लाख डलर र निकोल किडमेनले २ करोड २० लाख डलर कमाइ गरेका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै