काठमाडौँ । स्पेनिस ला लिगामा रियल म्याड्रिडले डिपोर्टिभो आल्भेजमाथि जित हासिल गरेको छ ।
शनिबार सम्पन्न खेलमा रियल म्याड्रिडले डिपोर्टिभोलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
रियलको जितमा सर्जियो रामोस र कार्भाजलले एक एक गोल गरेका हुन् । रामोसले खेलको ५२औ मिनेटमा र कार्भाजलले ६९औ मिनेटमा गोल गरेका हुन् । त्यस्तै डिपोर्टिभोका लागि लुकास पेरेजले एक गोल पेनाल्टी मार्फत गरेका थिए ।
यो जितसंगै रियल म्याड्रिड ला लिगाको शिर्ष स्थानमा उक्लिएको छ । रियलको १४ खेलमा ३१ अंक भएको छ । रियलभन्दा एक खेल कम खेलेको बार्सिलोना १३ खेलमा २८ अंकसहित दोस्रो स्थानमा रहेको छ ।
डिपोर्टिभोको भने १५ खेलमा १८ अंक रहेको छ ।