काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले नयाँ सिजनमा विजयी शुरुवात गरेको छ ।
गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले एथलेटिक क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै जितबाट सिजनको शुरुवात गरेको हो ।
रियल म्याड्रिडको जितमा रोड्रीगो र जुडे बेलीङघमले एक एक गोल गरेका थिए । रोड्रीले खेलको २८औं मिनेटमा गोल गरेका थिए भने खेलको ३६औं मिनेटमा बेलीङघमले गोल गरेका थिए । यसै सिजनमा रियल म्याड्रिड आएका बेलीङघमको रियलको औपचारिक पहिलो खेलमा नै पहिलो गोल गरेका छन् ।
रियल म्याड्रिडले ला लिगा अन्तर्गत अब अर्को खेल अगस्त १९ मा अल्मेरियासँग खेल्ने तालिका रहेको छ ।