• २०८१ बैशाख १७ सोमबार

सलमानसँग मेरो विशेष कनेक्सन छ – कट्रिना कैफ

kharibot

मुम्बई । बलिवुड अभिनेता सलमान खान र अभिनेत्री कट्रिना कैफको विशेष सम्बन्ध बारे सबै जानकार छन् ।  पर्दामा र पर्दा बाहिर उनीहरुको साथ सधै चर्चाको विषय बन्ने गर्दछ ।

 एकसमयका प्रेमी सलमान र कट्रिना अहिले राम्रो साथीको रुपमा रहेको बताउदै आएका छन् ।  बलिवुड प्रेमीहरुले सलमान र कट्रिनाको जोडी पर्दामा मात्र होइन रियल लाइफमा समेत सहि हुने बताउदै आएका छन् । 

अहिले पनि सलमान र कट्रिनाको विवाह हुने हल्ला हरेक दिन जस्तो चल्ने गर्दछ । 

कट्रिनाले हालै एक अन्तर्वार्ताका क्रममा आफु र सलमानको सम्बन्धका बारेमा खुलेर कुरा गरेकी छन् । कट्रिनाले सलमानले सधै साथीको रुपमा आफुलाई साथ दिएको बताएकी छन् ।

उनले आफ्नो र सलमानको सम्बन्ध निकै सहज रहेको बताउदै सलमान यस्तो व्यक्ति हुन जसमा आफु पुर्ण विस्वास गर्ने सक्ने बताएकी छन् । उनले आफु र सलमानमा विशेष कनेक्सन रहेको समेत बताएकी छन् । 

कट्रिनाले अगाडी भनेकी छन्,‘सलमानले मेरो पुरै किसिमले मद्धत गरेका छन् ।  एक साथीको नाताले उनले सधै मेरो प्रशंसा गरेका छन् । उनले मेरो जीवनका कठिन समयमा, जति बेला मेरा कोहि साथी नजिक थिएनन्, मलाई अगाडी केहि नजर आएको थिएन, त्यस्तो बेलामा साथ दिदै अगाडी बढ्न प्रेरित गरेका छन् ।’

कट्रिना पछिल्लो पटक सलमानको फिल्म भारतमा सँगै काम गरेकी थिइन् । फिल्मले बक्सअफिसमा राम्रो कमाई समेत गरेको थियो । सलमान र कट्रिनाले हालसम्म मैने प्यार क्यु किया, युवराज, एक था टाइगर, टाइगर जिन्दा है र भारत जस्ता फिल्ममा सँगै काम गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै