काठमाडौं । नेपाली यू १९ टोलीले पहिलो अभ्यास खेलमा श्रीलंकाको एसएससी यू२३ टिमसँग पराजित भएको छ ।
नेपालले दिएको २४१ रनको लक्ष्य पछाएको एसएससी टिम ३ विकेटले विजयी भएको हो । एसएससीले ४२ ओभरमा ७ विकेट गुमाउदै अन्तिम बलमा विजयी रन बनाएको थियो ।
नेपालका बलर पवन सराफले ३ विकेट लिए भने कमल सिंह ऐरी, सागर ढकाल र सुर्य तामाङले एक-एक विकेट लिएका थिए । त्यस्तै एसएससीका क्रिशान संजुलाले ६२ रन बनाए भने आभिश्का सेनाडीराले ५२ रन बनाएका थिए ।
वर्षाको कारण निर्धारित समय भन्दा झण्डै साढे एक घण्टा ढिला हुँदा ४२ ओभरमा झारिएको खेलमा नेपालले टस हारेर ब्याटिङ गर्दै ७ विकेट गुमाएर २४० बनाएको थियो ।
नेपालका लागि विकेटकीपर आशिफ शेखले सर्वाधिक ८८ रनको महत्वपूर्ण योगदान दिए । त्यस्तै पवन सराफले ३० र रीत गौतमले ३१ रन बनाए ।
त्यस्तै लोकेश बम १ र कप्तान रोहित कुमार पौडेल ८ रनमा आउट भएका तिह्ये भने सन्दीप जोराले ३३ रन बनाएका थिए । त्यस्तै कुशल मल्लले १० रन, हरि बहादुर चौहान १८ र भिम सार्की १५ रन बनाएका थिए ।