• २०८१ मङ्सिर ९ आइतबार

दुर्गा प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति

kharibot

काठमाडौं । काठमाडौं जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

जिल्ला अदालत काठमाडौँकी न्यायाधीश कमला पौडेलले प्रसाईलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएकी हुन् ।

प्रसाईँलाई यसभन्दा अघि पनि अदालतले ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । उनको यो दोस्रो पटक म्याद थप हो । साथै अदालतले प्रसाईँको उपचारको प्रबन्ध मिलाउनसमेत आदेश दिएको छ । 

प्रसाईमाथि कीर्ते, विद्युतीय कारोबार र सम्पत्ति शुद्धीकरणसहितका अभियोगमा अनुसन्धान भइरहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै