• २०८१ मङ्सिर ९ आइतबार

महानगरको एक लाख जरिवानाको पत्र एमालेले बुझेन

kharibot

काठमाडौँ । काठमाडौं महानगरपालिका र नेकपा एमालेबीचको विवाद बढेको छ ।

महानगरले शुक्रबार एमालेले काठमाडौँको दरबारमार्गमा गरेको जागरण सभामा फोहोर गरेको भन्दै एक लाख जरिवाना गरेपछि एमालेले सो पत्र बुझ्न अस्वीकार गरेको छ ।

यसअघि महानगर प्रहरी बल जरिबानासँग सम्बन्धित पत्र लिएर एमाले पार्टी कार्यालय च्यासल पुगेको थियो । प्रहरी बलका इन्स्पेक्टर किशोर भट्टराईको नेतृत्वमा पार्टी कार्यालय पुगेको टोली पत्र नबुझाइ फर्किएको छ ।

एमाले नेताहरूले जागरण सभाको आयोजक आफूहरू नभएको प्रतिक्रिया दिँदै पत्र नबुझेपछि महानगरको टोली फर्किएको थियो ।

जागरण सभाको आयोजक एमालेका काठमाडौँ, ललितपुर र भक्तपुर जिल्ला कमिटी रहेका थिए ।

महानगरले भने जरिबानासँग सम्बन्धित पत्र नबुझेपछि एमाले पार्टी कार्यालयमा पत्र टाँस गरेर अगाडि बढ्ने तयारी गरेको छ ।

जागरण सभामा फोहोर गरेको भन्दै शुक्रबार साँझ नै महानगरले एमालेलाई एक लाख जरिवाना गरेको पत्र काटेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै