• २०८१ जेठ ६ आइतबार

काँग्रेसको म्याराथुन बैठक : बहसमा अन्तरिम संरचना पहिला कि महाधिवेशन ?

kharibot

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस अहिले केन्द्रिय समिति बैठकमा केन्द्रित भएको छ । गत असार २२ देखि शुरु भएको बैठक अझै जारी छ ।

गत सोमबारको संसद बैठकमा राजपाले लामो समयदेखि उठाउदै आएको लाल आयोगको प्रतिवेदन सार्वजनिक गर भन्दै नारा लगाएका काँग्रेसका सांसदहरु अहिले सर्लाही घटनामा राजपाको पछि लागेको आरोप लागिरहेको छ । राष्ट्रिय राजनीतिमा एजेन्डा विहिन बनेको काँग्रेस आन्तरिक विवादमै अल्झेका कारण एजेन्डा विहिन बनेको विश्लेषण गरिएको छ ।

देश संघियतामा गएर निर्वाचन सम्पन्न भइसकेर अगाडी बढी सक्दा पनि पार्टीलाई संघीय संरचनामा लान नसक्ने दलले कसरी संघियता कार्यान्वयन भएन भनेर भन्न मिल्छ भन्दै काँग्रेस आफैले संघियता कमजोर बनाएको विश्लेषण समेत हुन थालेको छ ।

यस परिस्थितिमा बसिरहेको काँग्रेस केन्द्रीय समितिले ठोस निर्णय गरेर पार्टीका हजारौ कार्यकर्तालाई नयाँ संदेश दिनुपर्नेमा बैठक अनावश्यक लम्बाएर झन् विवाद बढाउने काम गरिरहेको देखिन्छ ।          

बैठकका एजेन्डा :

बैठक मुख्यतया दुई एजेन्डामा केन्द्रित रहेपनि पार्टीको आन्तरिक विषयमा विभिन्न १४ एजेन्डा प्रस्तुत गरेर भएको थियो ।

असार २२ मा सुरु भएको बैठकमा महामन्त्री पूर्णबहादुर खडकाले पार्टीको नियमावली संशोधन मस्यौदा समितिले तयार पारेको ‘काँग्रेसको नियमावली, २०७६’ प्रस्तुत गर्ने, विधानबमोजिम क्रियाशील सदस्यता नवीकरण एवं वितरणसम्बन्धी, पहिलो चरणको राष्ट्रिय जागरण अभियानको एकीकृत प्रतिवेदन प्रस्तुत गर्ने, काँग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा कार्य प्रगति विवरण प्रस्तुत गर्ने, केन्द्रीय अनुशासन समितिद्वारा कार्य प्रगति प्रतिवेदन प्रस्तुत गर्ने, काँग्रेस र तत्कालीन नेपाल लोकतान्त्रिक फोरमबीच पार्टी समायोजनका सन्दर्भमा भएका कामहरुको प्रगति प्रतिवेदन प्रस्तुत गर्ने, भ्रातृ एवं शुभेच्छुक संस्थाको विधान संशोधन र मान्यता प्रदान गर्ने, पार्टी विधानअनुसार अवधि समाप्त भएका भ्रातृ सङ्घहरुका सम्बन्धमा, जनसम्पर्क समितिका सम्बन्धमा, स्थानीय तहमा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिलाई नीतिगत निर्देशन गर्ने, तनहुँमा अवैध रुपमा गठन भएको काँग्रेसको तथाकथित समानान्तर समिति र कार्यालयका सम्बन्धमा, देशको समसामयिक राजनीतिक विषयवस्तुका सन्दर्भलगायतका विषयमा एजेन्डा प्रस्तुत गरेका थिए ।

अहिलेसम्म बैठकमा दुई वटा एजेन्डामा बैठक केन्द्रित भएको देखिन्छ । पहिलो महाधिवेशन र पार्टीको दोस्रो संशोधित नियमावली संघीय संरचना अनुसारको पार्टीको संगठन निर्माण ।

यस केन्द्रीय समिति बैठकले संशोधित नियमावली पारित गर्ने बाहेक अझै अन्य विषयमा ठोस निर्णय गरेको छैन भने पार्टीको आन्तरिम संरचना र महाधिवेशनको कार्यतालिका बारेको छलफल सकिएको जनाएको छ । 

काँग्रेसको मुख्य विवाद : 

संक्रमणकालिन व्यवस्था अनुसार अन्तरिम संरचना बनाएर महाधिवेशनमा जाने वा महाधिवेशनको कार्यतालिका तय गर्ने भन्ने विषय नै काँग्रेसमा हिले मुख्य बहसको विषय बनेको छ ।

सभापति शेरबहादुर देउवामाथि वरिष्ठ नेता रामचन्द्र पौडेल, अर्का नेता कृष्ण सिटौलालगायत समुहका नेताहरुले महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्न दवाव दिइरहेका छन् । तर सभापति देउवा भने पहिला अन्तरिम संरचनाको गठन र पार्टीले घोषणा गरेको जागरण अभियान सम्पन्न गर्ने र महाधिवेशनको कार्यतालिका एक बर्ष पर सार्ने रणनीतिमा रहेको देखिन्छ । ।’

पार्टीको विधानको धारा ७२ को उपधारा ४ बमोजिमको अन्तरिम संरचना निर्माण गरेर १४ औं महाधिवेशनको कार्यतालिका निर्माण गर्ने उल्लेख छ । काँग्रेसको विधानले महाधिवेशनको प्रक्रिया एक वर्ष अगावै प्रारम्भ गर्नुपर्ने व्यवस्थासमेत गरेको छ । पार्टीको विधानमा महाधिवेशनको एक वर्ष पूर्व काँग्रेस क्रियाशिल सदस्यताको पुनरावलोकनसहित स्थानीय अधिवेशनहरुको प्रक्रिया प्रारम्भ गर्नुपर्ने व्यवस्था छ ।

काँग्रेस अहिले प्रदेश, निर्वाचन क्षेत्र र स्थानीय तहको स्तरमा पार्टी बिना नै चलिरहेको छ । सभापति देउवा पक्ष यी संरचनाहरु निर्माण गरेर मात्रै १४ औं महाधिवेशनको प्रक्रिया प्रारम्भ गर्नु पर्नेमा देखिएका छन् । भने अन्य पक्षले महाधिवेशनकै प्रक्रिया प्रारम्भ गरेर यी संरचनाहरु बनाउनु पर्ने अडान राखेकाले नै विवाद बढेको हो ।

मंगलबारको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विजयकुमार गच्छदार, महामन्त्री पूर्णबहादुर खडका, सहमहामन्त्री प्रकाशशरण महत, कोषाध्यक्ष सितादेवी यादव र केन्द्रिय सदस्य शिवप्रसाद हुमागाईले धारणा राखेका थिए। प्रवक्ता विश्वप्रकाश शर्माले अन्तरिम संरचना र महाधिवेशनको वारेमा धारणा राख्ने क्रम मंगलबार सकिएको हो ।

‘बुधबारदेखि अन्य एजेन्डा माथी छलफल सुरु हुन्छ’, शर्माले भने। बैठक बुधबार दिउँसो ३ बजे पुनः बस्ने कांग्रेस पार्टी कार्यलयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै