• २०८१ असार १० सोमबार

पेय पदार्थ तथा चुरोट उद्योग संघले भन्यो- राजस्व नीतिमा प्रभाव पार्न भ्रामक विज्ञापन गरियो

kharibot

काठमाडौँ । नेपाल पेय पदार्थ तथा चुरोट उद्योग संघले विगत केही दिनदेखि विभिन्न राष्ट्रिय पत्रपत्रिकामा प्रकाशित ‘चुरोटमा दक्षिण एसियामै कम कर ज्यानमारा चुरोटप्रति सरकार किन उदार ?’ भन्ने व्यहोराको विज्ञापनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

संघले एक विज्ञप्ति जारी गर्दै चुरोटमा ३३ प्रतिशत मात्र कर लगाइएको भन्ने सूचना भ्रामक रहेको दाबी गर्दै सो विज्ञापन भ्रामक रहेको उल्लेख गरेको छ ।

नेपाल सरकारको कुल राजस्वमा सूर्तीजन्य उद्योगको चार प्रतिशतभन्दा बढी योगदान रहेको भन्दै सरकारको राजस्व नीतिमा प्रभाव पार्ने उद्देश्यले नियोजित रूपमा भइरहेको प्रचारको भ्रममा नपर्न संघले आग्रह गरेको छ ।

नेपालमा बिक्री हुने विभिन्न लम्बाइका चुरोटमा अन्तःशुल्क, स्वास्थ्य जोखिम कर, अन्तःशुल्क स्टिकर शुल्क, मूल्य अभिवृद्धि कर, कच्चा पदार्थको आयातमा भन्सार शुल्क लगायतका करहरू संकलन गरिने उल्लेख गर्दै संघले चुरोटमा बिक्री मूल्यको ७१ प्रतिशतसम्म कर लाग्ने गरेको जनाएको छ ।

संघका उपाध्यक्ष नवल किशोर चौधरीद्वारा जारी विज्ञप्तिमा तथ्यहीन एवं भ्रामक सूचनाबाट नीति निर्मातालाई प्रभावित पार्न खोज्नु भनेको उद्योगहरूले पुर्याएको योगदानलाई नजरअन्दाज गर्नु मात्र नभएर स्वदेशी औद्योगिक उत्पादनलाई निरुत्साहन गर्नु, आयातित एवं गैर कानुनी वस्तुहरूलाई प्रोत्साहन गर्नु र निहीत स्वार्थका लागि राज्यलाई गुमराहमा राख्नु भएको ठहर गरिएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै