काठमाडौं । नेपाल राष्ट्र बैंकले ठुला बैंकहरुलाई मर्जर गर्न न्रिदेशन दिए सँगै दुई ठुला बैंक ग्लोबल आईएमई बैंक र जनता बैंक एकआपसमा मर्ज हुने भएका छन् ।
दुवै बैंकका अध्यक्षले शुक्रबार समझदारी पत्रमा हस्ताक्षर गरेको ग्लोबल आईएमइ बैंकका कामु प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकालले खरीबोटलाई जानकारी दिए ।
उनले भने दुवै बैंक बीच मर्जरका लागि सम्झौता भएको छ केहि समय पछि हामी सो विषय सार्वजनिक गर्ने छौं ।
ढकालले यसअघि बैंकहरु मर्जरमा लाने नेपाल राष्ट्र बैंकको नीतिलाई आफनो बैंकले सकारात्मक रुपमा लिएको बताउदै आएका थिए ।
राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक हुनु अघि बैंकहरुलाई मर्जरमा जान निर्देशन दिएको थियो । असार २७ गते राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेको थियो ।
यो सँगै बैंकहरु मर्जरमा जानका लागि तीव्र तयारी थाल्दै आएका छन् ।