• २०८१ बैशाख १८ मंगलबार

टिभीएस मोटरसाइकल तथा स्कूटरका डिलरहरुको भेला सम्पन्न 

kharibot

काठमाडौँ ।  नेपालका लागि टिभीएस मोटरसाइकल तथा स्कूटरको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले हालै देशभरका डिलरहरुको एक भेला आयोजना गरेको छ ।

१ घर १ टिभीएस नारा दिइएको उक्त भेलामा टिभीएस मोटरसाइकल तथा स्कूटरहरुको देशभरका ९८ डिलरहरुको सहभागीता रहेको थियो ।

यही वैशाख ४ देखि वैशाख ९ सम्म भैरहवामा गरिएको उक्त भेलाको एकमात्र उद्देश्य १ घर १ टिभीएसको लक्ष्य प्राप्तीका लागि ग्राहकहरुलाई स्थानीयरुपमा गाऊँमा नै सेल्स सर्भिस र स्पेयर पार्टसमा उत्कृष्ट सेवा प्रदान गर्ने तथा जस्तोसुकै समस्याको समाधान २४ घण्टा भित्रमागर्ने सम्बन्धमा डिलरहरुलाई अझ बढी संवेदनशील ढंङ्गका साथ अघि बढाउनु रहेको थियो ।

नेपालमा टिभीएस बाइक तथा स्कूटरहरुको लोकप्रियता दिनप्रतिदिन बढ्दो छ । गतवर्ष यसको बिक्री परिमाण ४० प्रतिशतका दरले वृद्धि भएको पाइएको छ ।

नेपाल सरकारको विभिन्न निकायका साथै एनजिओ, आइएनजिओ, तथा प्राइभेट सेक्टरहरुमा अत्यधिकमा गहुँदै आएको टिभीएस बाइक तथा स्कूटरहरु सबै उमेर समुहर हर परिस्थितका सडकहरुको लागि उपयुक्त साबित भएको छ । 

नेपालको नम्बर एक ब्राण्ड बनाउने सिलसिला अन्तर्गत नै १ घर १ टिभीएसको लक्ष्य लिइएको जानकारी उक्त भेलाको अध्यक्षता गरेका जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक अग्रवालले दिएका थिए ।

उनले अगाडी भने हामी हाम्रो बिक्री रेकर्ड अझ सुधार गर्न चाहन्छौं र टिभीएस प्रति ग्राहकहरुले देखाएको रुचीलाई सम्मान गर्दै यसको सेवा विस्तार गर्न लालायित भएको बताए । हामीलाई विश्वास छ, यो डिलर भेलाले तपाईं हामीलाई हाम्रो लक्ष्य प्राप्त गर्न अभिप्रेरित गर्नेछ ।

अन्र्तराष्ट्रिय गुणस्तर बमोजिम विश्वख्यिात कम्पनी टिभीएसले उत्पादन गरेका १०० सिसि देखि ३१० सिसि सम्मका विभिन्न टिभीएस मोटरसाइकल तथा स्कूटरहरु नेपालमा उपलब्ध छन् । 

ग्राहकहरुको उत्कृष्ट रोजाइमा पर्न सफल यी मोटरसाइकल तथा स्कूटरहरुमा कम्पनीले ५ वर्षको वारेन्टीका साथसाथै स्पट एक्स्चेन्ज सुविधा,  १ घण्टे द्रूत सेवा र अन्य धेरै सर्भिसहरु उपलब्ध गराएको छ ।

मेचीदेखि महाकालीसम्म फैलिएको बिक्री वितरण सञ्जाल र बिक्री पछिको सजिलो सेवाले गर्दा ग्राहकहरु टिभीएसको सर्भिसबाट प्रभावित हुने गरेका छन् । यसप्रकार सहज र स्तरीय सेवा पुर्याएर टिभीएससँग ग्राहकको सम्बन्ध प्रगाढ बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका विभिन्न क्षेत्रका डिलरहरुलाई उक्त भेलामाउत्कृष्ट डिलरको सम्मानबाट पुरस्कृत पनि गरिएको थियो । भेलामा जगदम्बा मोटर्स प्रा.लि.का अन्य प्रतिनिधिहरु लगायत विभिन्न लब्ध प्रतिष्ठित व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै