• २०८१ बैशाख १५ शनिबार

काठमाडौँको भृकुटीमण्डपमा पुष्प मेला शुरु

kharibot

काठमाडौँ । भृकुटीमण्डपमा आजदेखि पुष्प मेला शुरु भएको छ । मेलाको    कृषि तथा पशुपक्षी विकास राज्यमन्त्री रामकुमारी चौधरीले उद्घाटन गरेकी छन् । 

कृषि क्षेत्रमा युवाको आर्कषण बढाउनुपर्नेमा जोड दिँदै उनले पुष्प व्यावसायको प्रवद्र्धन गरेर आत्मनिर्भर बन्नुपर्ने बताईन । सो अवसरमा पत्रकार, पुष्प व्यवसायी, नर्सरी सञ्चालक तथा किसानलाई सम्मान गरिएको थियो । 

मेलामा मौसमी फूल, आलंकारीक बोट विरुवा, कट फ्लावर, ट्राइफ्लावर, सुनाखरी, कम्पोष्ट मल, फूलको गानो बीउबिजन, ग्रीनहाउस, कृषि औजार, उपकरण प्याकेजिङ, सामग्री, सुक्ष्म तथा थोपा सिँचाइ, आधुनिक र जैविक विषादी गरी ८४ बिक्री कक्ष छन् । 

कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा युवकध्वज जिशीले पुष्प व्यवसायबाट मानिसको जीवनस्तरमा सुधार हुने बताए । ‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने नारासहित शुरु भएको सो मेलामा ५० लाख व्यक्तिले अवलोकन तथा रु ६० लाखको आर्थिक कारोवार हुने अनुमान आयोजकको छ । 

आयोजक फ्लोराकल्चर एशोसिएशन नेपाल (फ्यान) का अध्यक्ष कुमार कसजूले पुष्पजन्य वस्तुको प्रवद्र्धन, विस्तार, नयाँ प्रविधिको प्रचारप्रसार तथा जनचेतना जगाउने उद्देश्यले मेला आयोजना गरिएको बताए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै