• २०८१ बैशाख १६ आइतबार

पुष्प मेलामा सम्पन्न, कुल ६२ लाखको कारोवार

kharibot

काठमाडौँ । फ्लोरीकल्चर एशोसिएशन नेपालको आयोजनामा भएको पुष्प मेलामा रु ६२ लाखको आर्थिक कारोवार भएको छ । गत शुक्रबारदेखि शुरु भएको मेलामा ५७ हजार अवलोकनकर्ताको सहभागी थियो । 

उक्त २२ औँ पुष्प मेला विशेष गरी सजावटका फूलहरु बिक्री भएको मेला एशोसिएशनले जानकारी दिएको छ । देशका विभिन्न क्षेत्रमा उत्पादन भएका पुष्प तथा पुष्पजन्य वस्तुको प्रवद्र्धन, विस्तार, नयाँ प्रविधि र अनुसन्धानको राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार र जनचेतना जगाउने उद्देश्यले मेलाको आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष कुमार कसजु श्रेष्ठले जानकारी दिए । 

मेलामा ८४ व्यावसायिक स्टल राखिएका थिए । अवलोकनकर्ताले अन्तर्राष्ट्रियस्तरमा प्रयोग भइरहेको प्रविधिको विषयमा समेत जानकारी लिएका थिए ।

मेलामा मौसमी फूल, आलङ्कारिक बोट विरुवा, कट फ्लावार सुनाखरी, कम्पोष्ट मल, फूलको गानो, बीउबिजन, ग्रिनहाउस, कृषि औजार, उपकरण प्याकेजिङका सामग्री, थोपा सिँचाई प्रविधि, आधुनिक खेती प्रविधिसँगै बिक्री कक्ष रहका थिए । 

आयोजकले रु ६० लाखको आर्थिक कारोवार हुने लक्ष्य लिएको भए पनि लक्ष्यभन्दा रु दुई लाख धेरै कारोवार भएको जनाएको छ । हाल नेपालमा ४३ जिल्लामा लगभग ६९७ व्यवसायीले सो व्यवसाय विस्तार गरिसकेका छन् । त्यस्तै १५३ हेक्टर जमीनमा पुष्प व्यावसायिक रुपमा खेती हुँदै आएको छ ।

गत आर्थिक वर्षमा उक्त व्यवसायबाट रु दुई अर्ब २५ करोडको कारोवार गरेको थियो । माग बढेसँगै हरेक वर्ष पुष्प व्यवसाय वाािर्षक उत्पादनमा १५ प्रतिशतसम्म वृद्धि भएको बताइएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै