काठमाडौँ । ‘कबड्डी’ फेम्ड निर्देशक रामबाबु गुरुङ निर्देशित फिल्म साइलीको ट्रेलर रिलिज भएको छ । यस अघि दुई गीत 'नाच माया' र 'प्याट् प्याटे' बोलको गीत सार्वजनिक गरेपछि फिल्म साइलीको ट्रेलर सार्वजनिक गरेको हो ।
गायक हेमन्त रानाको चर्चित गीत 'सुन साइँली' नामलाई सापटी लिएर यो फिल्म निर्माण भएको हो । गीतझैँ फिल्मले पनि बैदेशिक रोजगारीको कथा भन्ने निर्देशक गुरुङले बताए । यसलाई गायक हेमन्त राना र अभिनेता गौरव पहारीले मिलेर निर्माण गरेका हुन् । फिल्मको कथा निर्देशक स्वयंको हो ।
फिल्ममा अभिनेता दयाहाङ राई, गौरव पहाडी, मेनुका प्रधान र केनिपा सिंहले अभिनय गरेका छन् । चैत १५ गतेबाट प्रदर्शनमा आउँने यस फिल्ममा माओत्से गुरुङ, केनिपा सिंह, प्रकाश घिमिरे, अरुण कार्की, लगायतका कलाकारको पनि अभिनय रहेको यस फिल्मलाई विशाल गुरुङ र मोहन राना मगरले निर्माण गरेका हुन् ।
फिल्मका कार्यकारी निर्माता मणिराम पोखरेल हुन् । शैलेन्द्र डि कार्कीको छायांकन रहेको फिल्ममा निमेष श्रेष्ठको सम्पादन छ ।