• २०८१ बैशाख १७ सोमबार

राप्रपा प्रजातान्त्रिक र राष्ट्रवादी एक हुदै, एकता सभा माघ १८ गते 

kharibot

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र एकीकृत राष्ट्रिय प्रजातन्त्र पाटी (राष्ट्रवादी) का बीचमा यही माघ १८ गते एकता सभा हुने भएको छ । 

अब बन्ने नयाँ पार्टीले हिन्दू राष्ट्र र संवैधानिक राजसंस्थालाई वैचारिक नीतिका रुपमा अवलम्बन गर्ने गरी राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिशम्शेर जवरा र एकीकृत राष्ट्रिय प्रजातन्त्र पाटी (राष्ट्रवादी) का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीबीच समझदारी भएको राप्रपा(प्र) का महामन्त्री राजाराम श्रेष्ठले जानकारी दिए । 

दुवै दलका शीर्ष नेताको सहभागितामा निर्देशक समिति बनाइने छ । उक्त समितिको अध्यक्षता आलोपाले गर्ने र चुनाव चिन्ह हलो राख्ने सहमति भएको छ । त्यस्तै पार्टीको नाममा बुधबारसम्म सहमति हुने श्रेष्ठले जानकारी दिए । पार्टी एकतालाई सुनिस्चित गर्न राप्रपा प्रजातान्त्रिकले १७ गते बृहत कार्यकर्ता भेला बोलाएको पनि उनले जानकारी दिए । 

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै