• २०८१ जेठ ६ आइतबार

बङ्लादेशको निर्वाचनः मौन अवधि शुरु

kharibot

ढाका। चर्को विवाद, तनाब र हिंसाका बीच बङ्लादेशमा हुन लागेको निर्वाचनका लागि प्रचार प्रसार अभियान बन्द भएको छ । शुक्रबारदेखि मौनअवधि सुरु भएकाले बिहीबार अन्तिम प्रचारप्रसारका कार्यक्रम भएको निर्वाचन अधिकारीहरुले जानकारी दिएका छन् । 

आइतबार हुने निर्वाचनका लागि दुवै पक्षले एक अर्कालाई आरोपित गर्दै आएका छन् भने आफ्नो पक्ष राम्रो भएको प्रचार गरेका छन् । निर्वाचनमा प्रधानमन्त्री शेख हसिनाले आफ्नो जित सुनिश्चत भएको दावी गर्दै आउनु भएको छ भने विपक्षीहरुले निश्पक्ष र स्वतन्त्र निर्वाचन हुनेमा आशङ्का गरिरहेका छन् । 

प्रधानमन्त्री हसिनाले विपक्षीहरुले आफू विरुद्ध बम आक्रमण गराएको आरोप लगाएकी छन् भने उनलाई विपक्षी दलले राज्य आतङ्क मच्चाएको दावी गरेको छ । 

विपक्षी दलकी प्रमुख खालिदा जिया हाल ढाकास्थित जेलमा रहेकी छन् । ७३ बर्षीय जिया पूर्वसैनिक तानाशाहकी विधवा हुन् भने प्रधानमन्त्री हसिनाका बुबा बंगलादेशका संस्थापक नेता हुन् । 

यी दुबै महिला नेतृ सन् १९८० को दशकदेखि नै विरासतका आधारमा राजनीतिकरुपमा सक्रिय छन् । यो चुनावमा विजयी भए शेख हसिनाले बंगलादेशमा सबैभन्दा लामो अवधिसम्म सत्तासिन हुने रेकर्ड बनाउनेछिन् । 

यसअघि दुबै महिला नेतृले जनआन्दोलनको आडमा सन् १९९० मा सैनिक तानाशाह हुसेन मोहम्मद एर्सादलाई सत्ताच्यूत गरी लोकतन्त्र पुनर्स्थापना गरेका थिए । 

तर सन् १९९१ मा प्रधानमन्त्रीमा जिया निर्वाचित भएपछि यी दुई महिला नेतृबीच चरम कटुता उत्पन्न भयो । त्यसपछिका चुनावबाट यी दुई लगभग आलोपालो प्रधानमन्त्री भइरहेका छन्, र प्रतिशोधको राजनीति चरम विन्दुमा पुगेको छ । 

उनको दल बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी)ले उक्त आरोप “राजनीतिक प्रेरित” रहेको भन्दै आलोचना गरिरहेको छ । निर्वाचनको पुर्वसन्ध्यामा पार्टीसम्बद्ध हजारौं कार्यकर्तालाई पक्राउ गरिएको बीएनपीले जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय