• २०८१ बैशाख २३ आइतबार

कर्पोरेट सुपर सिक्स प्रतियोगिताको उपाधि सेन्चुरी बैंकले जित्यो 

kharibot

काठमाडौँ। सेन्चुरी बैंक कर्पोरेट सुपर सिक्स प्रतियोगिताको पाँचौं संस्करणको उपाधि सेन्चुरी बैंकले जितेको छ। शनिबार भएको फाइनल खेलमा सेन्चुरी बैंकले एनाइसि बैंकलाई ३ विकेटले पराजित गरेको हो । 

एनाइसी बैंकले दिएको ७७ रनको लक्ष्य सेन्चुरी बैंकले ३ विकेट गुमाउदै सो लक्ष्य पुरा गर्दै कर्पोरेट सुपर सिक्स प्रतियोगिताको पाँचौं संस्करणको उपाधि जितेको हो। सेन्चुरी बैंकका लागि सुबास शर्माले २१, विष्णु तिवारीले १९ तथा विजय गौतमले १२ रन बनाएका थिए। एनआइसि बैंकका बलर दिपेन कार्कीले २ विकेट लिएका थिए भने सुमित श्रेष्ठले एक विकेट लिएका थिए। 

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको एनआइसी बैंकले ५ ओभरमा ७६ रन बनाएको थियो। एनआइसी बैंकका लागि सन्दीप कार्कीले ३१, सन्जोग शर्माले २४, समीर क्षेत्रीले १४ रन बनाएका थिए। 

खेलको म्यान अफ द म्याच सेन्चुरी बैंकका विष्णु तिवारी बनेका थिए।  

सेमिफाइनलमा सेन्चुरी बैंकले भारतीय राजदुताबासलाई पराजित गरेको थियो भने एनआइसी बैंकले सुबिसुलाई पराजित गरेर फाइनलमा पुगेको थियो। 

सेन्चुरी बैंक कर्पोरेट सुपर सिक्सको गत बर्षको उपाधि सिभिल बैंकले जितेको थियो। कुल २४ टिमले भाग लिएको यस प्रतियोगिता यहि मङ्सिर १० गतेदेखि सुरु भएको थियो। एसएस इभेन्ट्स प्रालिको आयोजनामा त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको प्रतियोगितामा २४ टिमलाई ८ समुहमा विभाजन गरिएको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै