• २०८१ बैशाख २४ सोमबार

माछापुछ्रे बैंकले १० प्रतिशत नगद लाभांश दिने

kharibot

कठमाडौं । माछापुुच्छ्रे बैंकले १० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंक सञ्चालक समितीको यही मंसिर पाँच गते बसेको बैंठकले गतबर्षको खुद मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई चुक्ता पुँजीको १० प्रतिशत नगद लाभांश वितरण गर्न प्रस्ताव गर्ने निर्णय गरेको हो ।

उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकको स्वीकृती र आगामी बार्षिक साधारण सभाबाट पारित भएपश्चात १० प्रतिशत नगद लाभांस दिने निर्णय कार्यान्वनमा आउने बैंकले जनाएको छ । 
बैंकले गत आर्थिक वर्षमा एक अर्ब २४ करोड ९६ लाख रुपैंया खुद नाफा गरेर प्रतिशेयर आम्दानी १५ रुपैंया ८१ पैसा कायम गरेको थियो । बंैकको चुुक्ता पुँजी आठ अर्ब पाँच करोड रुपैयाँ तथ साधारण जगेडा कोषमा एक अर्ब ११ करोड रुपैयाँ संचित छ ।

बैंकले पूर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमालदेखि पहाड, र तराईसम्म आफ्ना ८६ वटा शाखाहरु, दुुई वटा एक्स्टेन्सन काउन्टरहरु लगायत ३८ शाखारहित बैंकिङ सेवा समेत गरी जम्मा एक सय २६ स्थानबाट ग्राहकमहानुभावहरुमा सम्पुर्ण बैंकिङ सुबिधा प्रदान गरीरहेको छ ।

साथै, बैंकको देशभर एक सय पाँच वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै