• २०८१ बैशाख २५ मंगलबार

माछापुछ्रे बैंक र इजि ट्याक्सी बीच व्यवसायिक सम्झौता

kharibot

काठमाडौँ । इजि एस्योरेन्स प्रा. लि. अन्र्तगतको इजि ट्याक्सीले माछापुछ्रे बैंकसंग व्यवसायिक सम्झौता गरेको छ । 

बिद्युतिय प्रणाली मार्फत ट्याक्सी भाडा भुक्तान गर्नका लागि गरिएको सम्झौतामा माछापुछ्रे बैंकको तर्फबाट नायव महाप्रबन्धक सर्जु कुमार थापा र इजि एस्योरेन्स प्रा.लि.को तर्फबाट प्रबन्ध निर्देशक सन्जित पौडेलले हस्ताक्षर गरेक छन्। 

सो सम्झौतापछि इजि ट्याक्सी अन्तर्गत संचालनमा रहेका करिब ५ हजार ट्याक्सीहरुको सेवा उपभोग गरेबापत ग्राहकहरुले भुक्तानी गर्नुपर्ने भाडा रकम माछापुछ्रे  बैंकको क्युआर कोड स्क्यान गरी भुक्तानी गर्न सक्ने छन् । 

देशभर डिजिटल सेवाहरुको उपयोग बढिरहेको बेलामा इजि ट्याक्सी नेपाल एपमार्फत लामो समयदेखि इजि एस्योरेन्स प्रा. लि.ले प्रविधि मैत्री ट्याक्सी सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकसँगको सहकार्यले डिजिटल ट्याक्सी सेवालाई अगाडि बढाउन सहयोग पुग्ने इजि ट्याक्सीका प्रबन्ध निर्देशक सन्जित पौडेलले बताए ।

‘हामीले इजि ट्याक्सी नेपाल एपमार्फत ट्याक्सी सेवा दिईरहेको बेलामा रकम भुक्तानीमा समस्या भईरहेको थियो । अब सो समस्या समाधान भएको छ । आगामी दिनमा थप यात्रुहरुलाई सेवा दिन सहज हुने,’ प्रबन्ध निर्देशक सन्जित पौडेलले बताए ।

मोबाइल एपमा आधारित ट्याक्सी सेवालाई सहज बनाउने उद्धेश्य र कोभिड १९ को संक्रमणको समयमा नगद कारोबारमा देखिने जोखिम न्यूनिकरण गर्न तथा ग्राहकहरुलाई बिद्युतिय कारोबारमा प्रोत्साहित गर्नका लागि इजि ट्याक्सी र बैंकबिच सम्झौता भएको हो । 

जुनसुकै बैंकमा खाता रहेका ग्राहकहरुले आफ्नो बैंकको मोवाइल बैंकिङ्ग एपको माध्यमबाट क्युआर कोड स्क्यान गरी ट्याक्सीको भाडा एपमार्फत भुक्तानी गर्न सक्नेछन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै