• २०८१ बैशाख १८ मंगलबार

ओप्पो एफ९ को बिक्री सुरु 

kharibot

काठमाडौं । ओप्पो कम्पनीको नयाँ स्मार्टफोन एफ९ को बिक्री नेपालमा पनि सुरु भएको छ ।

विभिन्न नयाँ सुविधाहरु रहेको उक्त स्मार्टफोनमा फ्ल्यासचार्जिङको सुविधा रहेको कम्पनीले जनाएको छ । ५ मिनेट चार्ज गरी २ घण्टाको टकटाइम पाउने सुविधा रहेको छ ।

ग्राडिएन्ट कलर डिजाइन रहेको यो फोन ४ जीबी भ्यारियण्टका लागि रु. ४१ हजार ५९० र ६ जीबी भ्यारियण्टका लागि ४५ हजार ५९० मूल्य निर्धारण गरिएको छ ।

ओप्पो एफनाइन हालका लागि सनराइज रेड र ट्वाइलाइट ब्ल्यू गरी दूई आकर्षक रंगमा उपलब्ध गरिएको कम्पनीले जनाएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै