• २०८१ बैशाख १८ मंगलबार

ओप्पोको सहायक ब्रान्ड रियलमीको नयाँ फोन 'रियलमी ३' आजदेखि बजारमा

kharibot

चिनियाँ स्मार्टफोन कम्पनी ओप्पोको सहायक ब्रान्ड रियलमीको नयाँ फोन रियलमी ३ आजदेखि बजारमा आएको छ । यस अगाडि रियलमीको अघिल्लो संस्करण  रियलमी २ स्मार्टफोन २०१८ सेप्टेम्बरमा लन्च गरिएको थियो ।

रियलमी ३ पहिलो पटक भारतीय बजारमा रिलिज गरिएको हो । मिडिया टेक हेलियो पी७० प्रोसेसर रहेको यस स्मार्टफोन अहिले भने अनलाइनमा मात्र बिक्री हुनेछ । अनलाइन बाहेक अन्य बजारमा यो फोन कहिलेदेखि बिक्री हुनेछ भन्नेबारे कम्पनीले केही खुलाएको छैन ।

यो फोन ३ जीबी र्याम र ४ जीबी र्याममा उपलब्ध हुनेछ । ३ जीबी र्याम भएको फोनको स्टोरेज क्षमता ३२ जीबी रहेको छ भने ४ जीबी र्याम भएको फोनको स्टोरेज क्षमता ६४ जीबी रहेको छ, जसको मूल्य कम्पनीले क्रमशः ८९९९ भारु र १०९९९ भारु तोकेको छ । तर यी मूल्य भने सुरुका १० लाख ग्राहकहरूका लागि मात्र हो । फोनका १० लाख ग्राहक कटेपछि फोनको मूल्य बढाइने बताइएको छ ।

त्यसैगरी फोनमा ६.२ इन्चको एचडी प्लस डिस्प्ले रहेको छ जसको स्क्रिन रिजोलुसन १५२०x७२० र आस्पेक्ट रेसियो १९:९ रहेको छ । त्यस्तै फोनको पछाडिपट्टि १३ मेगापिक्सेल र २ मेगापिक्सेलका २ क्यामेरा लेन्स रहेका छन् । फोनको सेल्फी क्यामेरा भने १३ मेगापिक्सेल रहेको छ ।

यसका साथै फोनको ब्याट्री क्षमता ४३२० एमएएच रहेको छ । तर फोनमा फास्ट चार्जिंगको सुबिधा भने उपलब्ध छैन । तर फोनमा ठूलो ब्याट्री क्षमता, धेरै मेमोरी र उच्च गतिको प्रोसेसर भएका कारणले फोनमा पबजी जस्तो ठूलो मेमोरीको गेम खेल्न र फोन ह्यांग नभई एकैचोटी धेरै एप्लिकेसन संचालन गर्न सकिने बताइएको छ ।

८.३ मिलिमिटर पातलो र १७५ ग्राम गरुङ्गो रियलमी ३ मा गुगलको एण्ड्रोइड ९ पाइमा आधारित ओप्पोको आफ्नै कलर्स ओएस ६.० अपरेटिंग सिस्टम रहेको छ । त्यस्तै फोनमा २ वटा न्यानो सीम र एउटा मेमोरी कार्ड राख्नको लागि तीन अलग-अलग स्लटहरू रहेका छन् । जुन सामान्यतया स्मार्टफोनहरूमा उपलब्ध हुने गर्दैन ।

त्यसैगरी कम्पनीले जनाएअनुसार रियलमी ३ पछि रियलमी ३ प्रो पनि आउँदो अप्रिलमा लन्च गरिनेछ ।

ओप्पोको सब-ब्राण्डका रुपमा सुरु गरिएको रियलमिले छोटो समयमै स्मार्टफोन बजारमा आफ्नो छुट्टै पहिचान बनाइसकेको छ । विशेषगरी मध्यम बजेटका स्मार्टफोनहरूमा रियलमीले राम्रो लोकप्रियता कमाउन सफल भएको छ । ओप्पोले मध्यम बजेटका स्मार्टफोनको बजारलाई लक्षित गरेर नै आफ्नो बेग्लै सहायक-ब्राण्ड लन्च गरेको थियो ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै