• २०८१ बैशाख १८ मंगलबार

ओप्पोले ल्यायो आफ्नो सब-ब्राण्ड रेनो

kharibot

चीनको स्मार्टफोन कम्पनी ओप्पोले आफ्नो नयाँ सब-ब्राण्ड रेनो सुरु गरेको घोषणा गरेको छ । ओप्पोले चिनियाँ माइक्रोब्लगिंग साइट वाइबोमा एक पोष्टद्वारा रेनोबारे औपचारिक घोषणा गरेको हो ।

ओप्पोले वाइबोमा रेनोको नाममा एक अफिसियल एकाउन्ट बनाएको थियो र उक्त एकाउन्टबाटै नयाँ सब-ब्राण्ड लन्च गरिएको जानकारी दिएको थियो । त्यसैगरी ओप्पोका ग्लोबल पब्लिक रिलेसनस् हेड एकेक्स म्याकग्रेगरले ट्विटरमार्फत पनि यसबारे पुष्टि गरेका थिए ।

रियलमीपछि रेनो ओप्पोको दोश्रो सब-ब्राण्ड हो । ओप्पोले २०१८ मेमा भारतमा पहिलोपटक रियलमीको रियलमी स्मार्टफोन लन्च गरेको थियो ।

तर ओप्पोले रेनोको नयाँ स्मार्टफोन कहिले आउने भन्नेबारे अहिले केही बताएको छैन । धेरैले आउँदो अप्रिलमा लन्च हुने घोषणा गरिएको ओप्पोको नयाँ स्मार्टफोन रेनोको नाममा लन्च हुने अनुमान गरेका छन् ।

पछिल्लो समयमा चिनियाँ स्मार्टफोन कम्पनीहरूले आफ्नो सब-ब्राण्ड लन्च गर्ने ट्रेन्ड देखिएको छ । यसअघि साओमीले २०१८ मा आफ्नो सब-ब्राण्ड पोको लन्च गरेको थियो भने हुवावेले पनि २०१३ मा आफ्नो सब-ब्राण्ड अनर लन्च गरेको थियो । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै