• २०८१ बैशाख १७ सोमबार

‘चौका दाउ’ मा ‘राधा पियारी...’ बनिन् बर्षा राउत  

kharibot

काठमाडौँ। कमेडी फिल्म ‘चौका दाउ’ को पहिलो गीत रिलिज भएको छ । ‘राधा पियारी...’ बोलको गीतमा चर्चित संगीतकार तथा गायक शम्भुजित बाँस्कोटाले स्वर भरेका छन् ।

उनलाई गायनमा कोमल राजभण्डारीले साथ दिएकी छन् । श्रीपुरुष ढकाल र दयाराम पाण्डेको शब्द रहेको गीतमा गायक बाँस्कोटा स्वयमको संगीत रहेको छ । गीतको भिडियोमा फिल्मका कलाकारहरुले अभिनय गरेका छन् । 
 
कलाकारहरु विल्सन विक्रम राई, सन्तोष पन्त, रविन्द्र झा अभिनेत्री बर्षा राउतलाई ‘राधा पियारी’ भन्दै पछि परेका छन् । लोक फ्लेवरमा तयार पारिएको गीतले फिल्मको मूल कथा प्रस्ट्याएको निर्देशक पुर्नेन्दु झाले बताए । यसमा संगीतकार बाँस्कोटाको कथा छ । उक्त फिल्ममा तैयव शाह, निर्मल शर्मालगायतका कलाकारहरुको पनि अभिनय छ । 
 
सौर्यजित बाँस्कोटा र मनोज राजभण्डारीको निमार्ण रहेको यो फिल्मलाई दिर्घ गुरुङले खिचेको हुन । ‘चौका दाउ’ मा भिमफेदी ग्याइजको कोरियोग्राफी र मित्र डि.गुरुङको सम्पादन रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै