• २०८३ असोज ४ आइतबार

मनास्लु आधार शिविरमा आमरण अनसन बसेका युवाहरुको अनसन स्थगित

मनास्लु आधार शिविरमा आमरण अनसन बसेका युवाहरुको अनसन स्थगित

गोरखा । मनास्लु आधार शिविरमा आमरण अनसन बसिरहेका युवाहरुले अनसन स्थगित गरेका छन् । 

गण्डकी प्रदेश सरकारले हिमाली क्षेत्रका स्थानीयको जीवन रक्षाको माग गर्दै मनास्लु आधार शिविरमा आमरण अनसन बसेका युवाहरूलाई वार्तामा आउन आग्रह गरेपछि उनीहरुले अनसन स्थगित गरेका हुन् ।

हिमाली क्षेत्रको जनजीवन र  हिमाली सभ्यताको सुरक्षाको माग गर्दै गत शुक्रबारदेखि युवाहरु अनसनमा बसेका थिए । 

हिमाली गाउँबस्ती भन्दा माथि धेरै नयाँ तालहरु थपिँदै गएको, हरिया तालहरु थपिदै गएको, वीरेन्द्रताल लगायत हिमतालहरुमा पानीको सतह बढिरहेकाले यसको निरन्तर नापजाँच गर्ने प्रविधि जडान गर्नुपर्ने, हिमाली क्षेत्रका विद्यालयहरूमा जलवायू परिवर्तन र यसबाट बच्ने उपायहरु समेटिएको पाठ्यक्रम बनाएर पठनपाठन गर्नुपर्नेलगायतका माग राख्दै ११ युवाहरु मनास्लु आधार शिविर भन्दा माथि अनसनमा बसेका थिए । सामागाउँका ३६ वर्षीय दावानोर्वु लामा,३९ वर्षीय निमा छिरिङ लामा, २५ वर्षीय लेक्ष्य लामा, २७ वर्षीय  पासाङ नोर्बु लामा, २६ वर्षीय छिरिङ फुञ्सोक लामा, २९  वर्षीय टासी डुण्डुप लामा, २८ वर्षीय छेवाङ घ्यूर्मे लामा, २३ वर्षीय छेवाङ बाबा लामा, २८ वर्षीय कर्मा छिरिङ लामा, २९ वर्षीय पेम्बा छिरिङ लामा र वडा नं ७ का ३१ वर्षीय पेम्बा गुरुङ आमरण अनसन बसेका हुन् ।

यसअघि मनास्लु संरक्षण क्षेत्र आयोजना(एमक्याप) ले पनि क्रमशः माग पूरा गर्न प्रयास गर्ने प्रतिवद्धता जनाएक थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै