• २०८३ असोज ४ आइतबार

बारामा चक्कु प्रहारबाट एक जनाको मृत्यु, ६ जना पक्राउ

बारामा चक्कु प्रहारबाट एक जनाको मृत्यु, ६ जना पक्राउ

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२ स्थित सम्झना स्टाफ होटलमा चक्कु प्रहारबाट एक जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार असोज ३ गते साँझ करिब ५: ३० बजे जितपुरसिमरा–१६ का २२ वर्षीय आयुष राईले होटलमा रहेका ३५ वर्षीय शेरबहादुर खड्कालाई चक्कु प्रहार गरेका थिए । घाँटीमा चोट लागेका खड्काको उपचारका क्रममा वीरगन्जस्थित बयोधा अस्पतालमा साँझ ६ः४० बजे मृत्यु भएको हो ।

घटनापछि फरार भएका राईलाई प्रहरीले राति करिब १० बजे जितपुरसिमरा–१६ महेन्द्रनगरस्थित धानबारीबाट पक्राउ गरेको जनाएको छ ।

घटनामा संलग्न रहेको आशंकामा बिन्दु तामाङ, रामबहादुर तिमिल्सिना, रत्न पाख्रिन तामाङ, शान्ति राई र सीता थापा मगरलाई समेत प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेकाहरूमाथि ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी बारा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरिएको छ । घटनाबारे इलाका प्रहरी कार्यालय सिमराले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै