• २०८२ फाल्गुण १० आइतबार

शंकराचार्य अविमुक्तेश्वरानन्दविरुद्ध बालकहरूको यौन शोषणको आरोप, एफआईआर दर्ता गर्न अदालतको आदेश

kharibot

काठमाडौँ । भारतका शंकराचार्य स्वामी अविमुक्तेश्वरानन्द सरस्वतीविरुद्ध नाबालिग बालकहरूको यौन शोषणसम्बन्धी एफआईआर दर्ता गर्न आदेश दिएको छ ।

प्रयागराजको विशेष पॉक्सो अदालतले शनिबार शंकराचार्य स्वामी अविमुक्तेश्वरानन्द सरस्वतीविरुद्ध यौन शोषणसम्बन्धी एफआईआर दर्ता गर्न आदेश दिएको हो ।

उक्त मुद्दा जगद्गुरु रामभद्राचार्यका शिष्य आशुतोष ब्रह्मचारी महाराजले अदालतमा दुई नाबालिगलाई उपस्थित गराउँदै दायर गरेका थिए । अदालतमा क्यामेरा सामु बालकहरूको बयान रेकर्ड गरिएको थियो ।

विशेष न्यायाधीशको इजलासले प्रयागराज प्रहरी आयुक्तको प्रारम्भिक अनुसन्धान प्रतिवेदन अध्ययनपछि स्वामी अविमुक्तेश्वरानन्द, उनका शिष्य मुकुन्दानन्द तथा अन्य २-३ अज्ञात व्यक्तिविरुद्ध मुद्दा दर्ता गर्न आदेश जारी गरेको हो । अदालतले फेब्रुअरी १३ मा नै आदेश सुरक्षित राखेको थियो ।

अभियोगकर्ता आशुतोष ब्रह्मचारीले न्यायका लागि प्रहरीसमक्ष जाँदा सुनुवाइ नभएको दाबी गर्दै अन्ततः अदालतको ढोका ढकढक्याएको बताएका छन् । उनले शिष्यमाथि यौन शोषण र समलैंगिक दुराचार भएको आरोप दोहोर्‍याए । अदालतले आदेशमा सर्वोच्च अदालतका विभिन्न नजीर उल्लेख गर्दै प्रत्येक उजुरीमा स्वतः एफआईआर अनिवार्य नहुने तर गम्भीर तथा संज्ञेय अपराधको प्रकृति देखिएमा प्रहरी अनुसन्धान आवश्यक हुने स्पष्ट पारेको छ । प्रस्तुत आरोपहरू गम्भीर भएकाले पॉक्सो ऐनअन्तर्गत अनुसन्धान गर्नुपर्ने अदालतको निष्कर्ष छ ।

इजलासले सम्बन्धित थाना प्रमुखलाई तत्काल एफआईआर दर्ता गरी स्वतन्त्र र निष्पक्ष अनुसन्धान अघि बढाउन निर्देशन दिएको छ । साथै, पीडितको पहिचान र मर्यादाको संरक्षण गर्न तथा अनुसन्धान प्रतिवेदन अदालतमा पेश गर्न आदेश दिइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै