• २०८२ फाल्गुण १० आइतबार

त्रिभुवन विमानस्थलबाट ११ किलोभन्दा बढी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

kharibot

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट करिब ११ किलो २७० ग्राम अवैध लागूऔषध गाँजाजस्तो देखिने पदार्थसहित तीन जना भारतीय नागरिक पक्राउ परेका छन् ।

शुक्रबार बिहान पक्राउ पर्नेहरूमा ४३ वर्षीया समीना अख्तर बेग मिर्जा, २४ वर्षीय मोहम्मद जुनैद र ४४ वर्षीया अफसाना आमिर हुसेन शेख रहेका छन् ।

विमानस्थल सुरक्षा कार्यालय तथा लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले मोहम्मद जुनैद र समीना अख्तरको साथबाट करिब ३ किलो ८७० ग्राम तथा अफसानाको साथबाट करिब ७ किलो ४ सय ग्राम लागूऔषध बरामद गरेको जनाएको छ ।

पक्राउ परेकालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि लागूऔषध नियन्त्रण ब्यूरोमा पठाइएको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै