• २०८२ फाल्गुण ९ शनिबार

पाकिस्तान र न्यूजील्याण्डबीचको खेल बर्षाले रद्ध

kharibot

काठमाडौँ । जारी टी-२० विश्वकप अन्तर्गत सुपर आठको पहिलो खेल बर्षाले रद्ध भएको छ । 

पाकिस्तान र न्यूजील्याण्डबीचको श्रीलंकाको कोलम्बोमा हुने खेल बर्षाले हुन नसकेपछि रद्ध गरिएको हो । खेल रद्ध भएपछि दुवै देशले एक एक अंक बाँडेका छन् ।  

यस खेलमा पाकिस्तानले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको थियो । टस भएपछि शुरु भएको बर्षा नरोकिएपछि खेल रद्ध गरिएको थियो । 

अब आइतबार सुपर आठका दुई खेल हुदैछन् । पहिलो खेल श्रीलंका र इङल्याण्डबीच हुदैछ भने दोस्रो खेल भारत र दक्षिण अफ्रिकाबीच हुदैछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै