• २०८२ फाल्गुण १० आइतबार

केन्द्रीय सुरक्षा समितिको बैठकले के के निर्णय गर्यो ?

kharibot

काठमाडौं । केन्द्रीय सुरक्षा समितिको बैठकमा रौतहटमा भएको घटना र निर्वाचनको सुरक्षाको तयारीका विषयमा छलफल भएको छ ।

गृह मन्त्रालयका सहसचिव एवम् प्रवक्ता आनन्द काफ्लेका अनुसार सुरक्षा निकायका चारवटै प्रमुखसहित बसेको बैठकमा एकीकृत सुरक्षा योजना र रौतहटमा सद्भाव कायम गर्न आग्रह गरिएको विषयमा छलफल भएको जानकारी दिए ।

निर्वाचनका लागि एकीकृत सुरक्षा योजना र निर्वाचनका प्रचारप्रसारका क्रममा देखिएका गैह्रकानुनी गतिविधिलाई कानुनी दायरामा ल्याउने र दलहरुलाई आचारसंहिता पालना गरेर अगाडि बढ्न आग्रह गरिएको छ । त्यस्तै कानुनी विपरीत गर्नेलाई कारबाही गर्न प्रशासनलाई पनि निर्देशन दिइएको छ । 

रौतहटको घटनामा जिल्ला सुरक्षा समितिलाई सबै निकायसँग समन्वय गरेर उच्च संयमता र सद्भाव कायम गर्नका लागि आग्रह गरिएको छ भने घटनामा दोषीलाई कारबाहीको प्रक्रिया अघि बढाउन पनि सम्बन्धित निकायलाई निर्देशन दिइएको छ ।

त्यसैगरी तराई क्षेत्रमा हुनसक्ने गतिविधि प्रतिवेदन पेश गर्ने निर्देशन दिइएको बताए। बैठकले निर्वाचनका संवेदनशील क्षेत्रमा गएर संगठनमार्फत प्रतिवेदन बनाउन निर्देशन दिइएको छ । 

निर्वाचनका क्रममा तराई क्षेत्रमा हुनसक्ने सम्भावित गतिविधि र सुरक्षा संवेदनशीलतालाई विश्लेषण गरेर प्रतिवेदन तयार गरेर प्रतिवेदन पेश गर्नका लागि प्रहरी अतिरिक्त महानिरीक्षक उमा प्रसाद चतुर्वेदीलाई खटाउने निर्णय भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै