• २०८२ फाल्गुण १० आइतबार

केन्द्रीय सुरक्षा समिति र विपद जोखिम प्राधिकरणको आकस्मिक बैठक बस्दै

kharibot

काठमाडौँ । केन्द्रीय सुरक्षा समिति र राष्ट्रिय  विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको आकस्मिक बैठक बस्दैछ ।

रसुवामा आएको बाढी बारे केन्द्रीय सुरक्षा समिति र राष्ट्रिय  विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको आकस्मिक बैठक आज दिउँसो १ बजे गृह मन्त्रालयमा बस्ने गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

मंगलबार बिहान रसुवाको भोटेकोशीमा आएको बाढीले नेपाल चीन जोड्ने मितेरी पुल बगाएको छ भने बाढीले नेपाली र चिनियाँ गरी १८ जना बेपत्ता भएका छन् । पुल बगाएपछि चीनसँगको सम्पर्क बिच्छेद भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै