• २०८२ फाल्गुण १० आइतबार

बलिवुडका वरिष्ठ लेखक सलीम खान अस्वस्थ, आइसीयुमा उपचार हुदै

kharibot

काठमाडौँ । बलिवुडका अभिनेता सलमान खानका ९० वर्षीय पिता तथा वरिष्ठ चलचित्र लेखक सलीम खानको स्वास्थ्यमा समस्या देखिएपछि मुम्बईस्थित लीलावती अस्पतालमा भर्ना गरिएको छ ।

भारतीय मिडिया रिपोर्टका अनुसार खानको आइसीयुमा उपचार भइरहेको छ । चिकित्सकहरूको टोली निरन्तर उनको स्वास्थ्य अवस्थाको निगरानी र उपचारमा जुटिरहेको बताइएको छ ।

अस्पतालमा सलीम खानकी छोरी अलवीरा, नाति अयान तथा ज्वाइँ आयुष शर्मा उपस्थित छन् । अभिनेता सलमान खानलाई केही समयअघि अस्पतालबाट बाहिरिँदै गरेको देखिएको थियो ।

सलीम खान सन् ७० र ८० को दशकमा जावेद अख्तरसँगको सहकार्यमा चर्चित चलचित्रहरूको कथा लेखनका लागि परिचित छन् । उनले अन्दाज, हाथी मेरे साथी, सीता और गीता, यादों की बारात, ज़ंजीर, शोले, दीवार, डॉन, त्रिशूल, काला पत्थर, दोस्ताना, शान, शक्ति र क्रांति लगायतका सफल चलचित्रमा कथा लेखेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै