• २०८२ फाल्गुण १० आइतबार

कस्तो छ सलमानका पिता सलीम खानको स्वास्थ्य अवस्था ?

kharibot

काठमाडौँ । बलिउड अभिनेता सलमान खानका पिता तथा चर्चित लेखक सलीम खान लीलावती अस्पतालमा भर्ना भएका छन् । अस्पतालका चिकित्सकहरूले उनको स्वास्थ्य अवस्थामाथि निरन्तर निगरानी राखिरहेका छन् ।

सलीम खानको उपचारमा संलग्न डाक्टर जमील पारकरका अनुसार उनलाई सामान्य प्रकारको ब्रेन हेमरेज भएको हो, जसमा शल्यक्रियाको आवश्यकता पर्दैन । उनले भनेका छन् - 'उहाँमाथि डीएसए (डिजिटल सब्ट्र्याक्सन एन्जियोग्राफी) प्रक्रिया गरिएको छ, तर यसलाई शल्यक्रिया मानिँदैन ।'

डाक्टर पारकरले सुरुमा डिस्चार्ज गर्ने तयारी भए पनि पूर्ण आरामपछि मात्र निर्णय गरिने बताए । उनले भने- 'उहाँ अहिले भेन्टिलेटरमा हुनुहुन्छ तर स्वास्थ्यमा सुधार भइरहेको छ। उमेर बढी भएकाले रिकभरी केही ढिलो भइरहेको छ ।'

चिकित्सकका अनुसार फेब्रुअरी १७ मा पारिवारिक चिकित्सक चोपडाको सिफारिसमा सलीम खानलाई लीलावती अस्पतालमा भर्ना गरिएको थियो । भर्ना गर्दा उनको रक्तचाप उच्च रहेको र सुरक्षाको दृष्टिले भेन्टिलेटरमा राखिएको जनाइएको छ । हाल अवस्था पहिलेभन्दा सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ ।

यसैबीच, सलीम खानको स्वास्थ्य अवस्थाबारे जानकारी लिन परिवारका सदस्यसँगै बलिउड क्षेत्रका व्यक्तिहरू अस्पताल पुग्ने क्रम जारी छ । वरिष्ठ लेखक जावेद अख्तर पनि उनलाई भेट्न अस्पताल पुगेका छन् भने अभिनेता सलमान खान निरन्तर अस्पतालमा उपस्थित भइरहेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै