• २०८१ बैशाख २३ आइतबार

टि-२० क्रिकेटमा श्रीलंकामाथि भारतको जित, कप्तान कोहली बने खेलका नायक 

kharibot

भारतीय कप्तान विराट कोहली

काठमाडौँ ।  श्रीलंकासँगको ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा भारत विजयी भएको छ । 

कोलम्बोलमा बुधबार बेलुका भएको खेलमा भारतले श्रीलंकालाई सात विकेटले हराएको छ । भारतले एक सय ७१ रनको लक्ष्य १९.२ ओभरमा तीन विकेटको क्षतिमा पुरा गरेको थियो । 
भारतको जितमा कप्तान विराट कोहलीले ५४ बलमा सात चौका र एक छक्काको मद्दतमा ८२ रन बनाएका थिए ।

यस्तै मनीष पाण्डेले ३६ बलमा नटआउट ५१ रन बनाए भने केएल रहुलले १८ बलमा २४ रनको योगदान दिएका थिए । 

यसअघि पहिले ब्याटिङ गरेको श्रीलंकाले सात विकेटको क्षतिमा एक सय ७० रन बनाएको थियो । श्रीलंकाका लागि दिलशान मुनावीराले ५३ तथा अशन प्रियाञ्जनले ४० रनको योगदान दिएका थिए । 

भारतका युजवेन्द्र चहलले तीन तथा कुलदीप यादवले दुई विकेट लिए । 

खेलको म्यान अफ दि म्याच भारतीय कप्तान कोहली बने । यो सँगै भारतले श्रीलंका भ्रमणमा टेस्ट, एक दिवसीय र टि२० सिरिजमा जित हासिल गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै