• २०८१ बैशाख २३ आइतबार

यी हुन् टि-२० क्रिकेटमा धेरै छक्का हान्ने खेलाडी

kharibot

काठमाडौं । हाल जारी आइपिएलमा हरेक दिन नयाँ नयाँ रेकर्ड बनिरहेका छन् । 

यसै क्रममा गएराती भएको खेलमा मुम्बई इण्डियन्सका कप्तान रोहित शर्माले नयाँ रेकर्ड बनाएका छन् ।

रोहित शर्माले टि-२० क्रिकेटमा ३ सय छक्का हान्ने पहिलो भारतीय खेलाडी बनेका छन् । रोहितले गएराती किंग्स इलेभेन पंजावविरूद्ध २ छक्का हान्दै टि-२० क्रिकेटमा ३०१ छक्का हानेका हुन् । रोहितले २७९ खेल खेल्दै ३०१ छक्का हानेका हुन् ।

रोहितले भारतको राष्ट्रिय टिमबाट खेल्दै ८१ छक्का हानेका छन् भने आइपिएलमा भने अहिलेसम्म १८३ छक्का हानेका छन् । त्यस्तै अन्य टि-२० खेलमा ३७ छक्का हानेका छन् ।

टि-२० क्रिकेटमा धेरै छक्का हान्ने रेकर्ड भने वेस्टइण्डिजका क्रिस गेलको नाममा रहेको छ । गेलले अहिलेसम्म टि-२० क्रिकेटमा ८४४ छक्का हानेका छन् । त्यस्तै वेस्ट इण्डिजका केरन पोलार्डले ५२५ छक्का हान्दै दोस्रो स्थानमा रहेका छन् ।

त्यस्तौ न्युजील्याण्डका ब्रेण्डम म्यकुलमले ४४५ छक्का हानेका छन् भने वेस्टइण्डिजका डेवेन स्मिथले ३६७ छक्का हानेका छन् । त्यस्तै अस्ट्रेलियाका शेन वाटशनले ३५७ छक्का हानेका छन् भने डेविड वार्नरले ३१९ छक्का हानेका छन् ।

यस सिजनमा ५ सय छक्का 

गएराती भएको पंजाव र मुम्बईको खेलमा यस सिजनमा आइपिएलमा ५ सय छक्का हानेका छन् । गएरातीको खेलमा पंजावका मार्कोस स्टोइनिसले छक्का हान्दै यस सिजनको ५ सयौ छक्का हानेका छन् ।

यसअघि पन्जावका कप्तान आर आश्विनले यस आइपिएलको सयौ छक्का हानेका थिए भने मुम्बईका रोहित शर्माले यस सिजनको दुई सयौ छक्का हानेका थिए भने मुम्बईकै सुर्य कुमार यादवले ३ सयौ र ब्रेण्डम म्यकुलमले आइपिएलको ४ सयौ छक्का हानेका थिए ।   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै