• २०८१ बैशाख २३ आइतबार

टि-२० क्रिकेटमा डेभिड मिलरको नयाँ रेकर्ड, बनाए ३५ बलमा सतक 

kharibot

काठमाडौँ । दक्षिण अफ्रिकी ब्याट्सम्यान डेभिड मिलरले टि-२० क्रिकेटमा नयाँ रेकर्ड बनाएका छन् ।

दक्षिण अफ्रीका भ्रमणमा रहेको बंगलादेशविरुद्ध खेलेको अन्तिम टि-२० खेलमा डेभिड मिलरले ३५ बलमा सय रन बनाएर नयाँ रेकर्ड बनाएका छन् ।

२८ बर्षिय ब्याट्सम्यान मिलर शुन्यमा हुँदा जीवन दाङ पाएका थिए । मिलरले आफ्नो इनिंगमा ७ चौका र ९ छक्का हानेका थिए । मिलरले १९औ ओभरमा ५ छक्का हानेका थिए ।

यस अघि वेस्ट इन्डिजका ब्याट्सम्यान क्रिस गेलले ४८ बलमा सतक बनाएको रेकर्ड राखेका थिए । 

मिलरले अहिले सम्म ५७ टि-२० खेल खेल्दै १०३२ रन बनाएका छन् । त्यस्तै आइपिएलमा पनि ६६ खेल खेल्दै मिलरले १५६३ रन बनाएका छन् ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै