• २०८२ पौष २१ सोमबार

भेनेजुएलामा अमेरिकी हस्तक्षेपले अन्तर्राष्ट्रिय कानुन र लोकतान्त्रिक मूल्यमाथि गम्भीर प्रश्न उठायो- महासचिव पोखरेल

kharibot

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई अमेरिकाले पक्राउ गरेकोप्रति टिप्पणी गर्दै यो घटना संयुक्त राष्ट्रसंघको वडापत्रको ठाडो उल्लङ्घन भएको बताएका छन् ।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै पोखरेलले भेनेजुएलामा भएको अमेरिकी हस्तक्षेप र राष्ट्रपति मादुरोलाई नियन्त्रणमा लिइएको सन्दर्भले अन्तर्राष्ट्रिय कानुन, सार्वभौमिकता र लोकतान्त्रिक मूल्यहरूमाथि गम्भीर प्रश्न उठाएको उनले बताएका छन् । 

उनले भनेका छन्: 

संयुक्त राष्ट्रसंघलगायत विश्व संस्थाहरूको औचित्य नै समाप्त गर्ने गरी कुनै एउटा देशका जननिर्वाचित राष्ट्र प्रमुखलाई अर्को देशको राष्ट्र प्रमुखको आदेशमा सैन्य हस्तक्षेपमार्फत नियन्त्रणमा लिने र अभियोग लगाउने कार्य संयुक्त राष्ट्रसंघको वडापत्रको ठाडो उल्लङ्घन हो। यस्तो कदम आधुनिक विश्व र सभ्य समाजका लागि स्वीकार्य विषय हुन सक्दैन, हुनु पनि हुँदैन।

भेनेजुएलामा भएको अमेरिकी हस्तक्षेप र राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिइएको सन्दर्भले अन्तर्राष्ट्रिय कानुन, सार्वभौमिकता र लोकतान्त्रिक मूल्यहरूमाथि गम्भीर प्रश्न उठाएको छ। यसप्रकारका विषयमा स्वयं अमेरिकी समाजभित्रै गम्भीर र जिम्मेवार बहस आवश्यक देखिन्छ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै