काठमाडौँ । मोरक्को र क्यामरुन जारी अफ्रिका कप अफ नेसन्सको क्वाटरफाइनलमा पुगेका छन् ।
गएराती सम्पन्न खेलमा मोरक्कोले तान्जानियालाई १-० गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो । मोरक्कोको जितमा खेलको ६४औं मिनेटमा ब्राहिम डियाजले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।
त्यसैगरी अर्को खेलमा क्यामरुनले दक्षिण अफ्रिकालाई २-१ गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ ।
अब क्वाटरफाइनलमा मोरक्को र क्यामरुनले प्रतिष्पर्धा गर्ने छन् । राउण्ड १६ अन्तर्गत आज इजिप्ट र बेनिन तथा नाइजेरिया र मोजाम्बिक खेल्दैछन् । जारी प्रतियोगितामा यसअघि माली र सेनेगल क्वाटरफाइनलमा पुगिसकेका छन् ।









