काठमाडौँ । नेकपा एमालेका पुर्व सांसद एवं तिलोत्तमा नगरपालिकाका पूर्व मेयर बासुदेव घिमिरेले पार्टी छोडेका छन् ।
घिमिरेले पुराना राजनीतिक दलहरुको मुख्य नेतृत्वले मुलुकको आम जनताको ईच्छा र चाहनालाई सम्बोधन गर्ने अवस्था नदेखिएकोले आजैदेखि एमालेको जिम्मेवारीदेखि अलग भएको घोषणा गरेका छन् ।
घिमिरे रास्वपा प्रवेश गर्न लागेको बताइएको छ । यद्यपी उनले यस बारेमा जानकारी दिएका छैनन् ।
उनले भनेका छन्- अहिले आम जनताको चाहना सुशासन, विकास, सम्वृद्वीका साथै नेतृत्व हस्तान्तरण, पुस्तान्तरण र रुपान्तरण पनि हो । देशको आवश्यकता, इतिहासको गति र आम नागरिकको अपेक्षालाई सम्बोधन गर्नु अहिलेको मुख्य कार्यभार हो । देश प्रतिको अविचलित निष्ठा ,सुशासन, विकास र सम्वृद्वी राजनीतिको अनिवार्य शर्त हो ।
पुराना राजनीतिक दलहरुको मुख्य नेतृत्वले मुलुकको आम जनताको ईच्छा र चाहनालाई सम्बोधन गर्ने अवस्था नदेखिएकोले आजको दिन देखि म संगल्न रहेको पार्टीको जिम्मेवारी देखि अलग रहेको छु ।'
उनले सुशासन, विकास, रोजगारीका साथ मुलुकलाई सम्वृद्वीको यात्रामा अघि वढाउने अभियानमा ईमान र निष्ठाका लागिरहने बताएका छन् ।









